सिन्धुली -: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा खनाल–नेपाल समूहसँग एकता हुनसक्ने बताउनुभएको छ ।
आज सिन्धुलीमा अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले एमाले अध्यक्ष केपी ओलीको गलत कदमविरुद्ध आन्दोलन गरिरहेका खनाल-नेपाल समूहसँग पार्टी एकता हुने संकेत गर्नुभएको हो ‘।
उहाँले कम्युनिष्ट पाटीको एकताको नीति अनुसार नै पार्टी एकता अघि बढाइने बताउनुभएको हो ‘।अध्यक्ष दाहालले संवादका लागि प्रधानमन्त्री ओलीले आफूलाई फोन गरेपनि आफूले फोन गर्दा चाँही नउठाएको बताउनुभएको हो ।
फरक प्रसंगमा अध्यक्ष दाहालले पार्टी एकताका लागि आफूले निरन्तर प्रयास गरेपनि प्रधानमन्त्री ओलीकै कारण सफल नभएको टिप्पणी गर्नुभयो ‘।अध्यक्ष दाहाल पूर्व निर्धारित कार्यक्रम बिना ‘नै सिन्धुली आइपुग्नुभएको हो
प्रकाशित मिति २०७७ चैत ५ गते बिहिबार ११:२६