काठमाडौं -: नेकपा (एमाले) को माधव नेपाल पक्ष पार्टीले बोलाएको संसदीय दलको बैठकमा सहभागी हुने भएको छ। नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल बाहेकका सांसदहरू दलको बैठकमा सहभागी हुन बालुवाटार गएका हुन् ‘।
यसअघि ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा भेला भएर छलफल गरेपछि उनीहरु बालुटारमा बोलाइएको संसदीय दलको बैठकमा जान तयार भएका हुन्’ । माधव पक्षका एक नेताले भने, मूल नेताहरू दलको बैठकमा जानुहुन्न’ ।
सर्वोच्च अदालतको आदेशसँगै पुन:स्थापित भएपछि एमाले संसदीय दलको बैठक पहिलो पटक बस्न लागेको हो’ । माधव पक्षले यसअघि बैठकमा नजाने बताउँदै आएको थियो’ ।
कपा माओवादी केन्द्रले आज प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने भनेर खुव प्रचार गर्यो’ । विगतमा ओली नेतृत्वकै सरकारमा उर्जामन्त्री रहनु भएका नेता वर्षमान पुनले ५ गते निर्णायक हुने भन्दै प्रचार गर्नुभयो’ ।
माओवादी केन्द्रको प्रचारको विषय थियो, सरकार निर्माणमा महत्वपूर्ण मानिएको जनता समाजवादी पार्टी (जसपा)को कार्यकारीणी समितिको बैठक । ‘सो बैठकबाट ओलीविरुद्ध निर्णय गराउने सो पार्टीका नेता डा. बाबुराम भट्टराईले आश्वासन माओवादीलाई दिनु भएको थियो । सोही आश्वासनअनुसार माओवादीले ५ गते निर्णायक हुने भनिरहेको थियो । तर, जसपाको बैठक नै स्थगित भएको छ ।
जसपाभित्र विवाद रहँदै आएको छ । संसदीय दलको नेता कसलाई बनाउने भन्ने विषयमा विवाद हुँदा बैठक स्थगित गरिएको छ । बैठक अब होली पछि मात्रै बस्ने नेताहरुले बताएका छन् ।’ जसले गर्दा सरकारका विषयमा निर्णय हुन अझै केही दिन लाग्ने भएको छ
प्रकाशित मिति २०७७ चैत ५ गते बिहिबार ०४:०३