काठमाडौं सत्तारुढ नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीकै कारण समस्या आएको बताएका छन्। ‘आफू पक्षी नेपाल महिला संघको राष्ट्रिय भेलालाई शुक्रबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
‘केपी ओलीकै कारण हाम्रो पार्टी र देश बिग्रिएको हो’, उनले भने, ‘ओली सिद्धान्तनिष्ठ र आदर्शप्रति समर्पित हुन सकेनन्, त्यहीकारण यो समस्या आएको हो।अहिलेको लडाइँ ओलीको व्यक्तिवादी प्रवृत्तिविरुद्ध भएको उनले बताए।अहिले क्रान्तिकारी या व्यक्तिवादी पार्टी बनाउने लडाईं हो’ उनले भने,पद र जुँगाको लडाइँका रुपमा यसलाई बुझ्नु गलत हुनेछ।
ओलीले हिजोको नेकपा र आजको एमालेलाई पनि सही रुपमा चलाउन नसकेको आरोप उनले लगाए।ओलीले ठीक ढंगले पार्टी चलाउनै सकेनन्’उनले भने, त्यहीकारण हामी विरोधमा उत्रिन बाध्य भएका हौँ।
नेता नेपालले ओलीले आफूहरुमाथि कहाँ छौ भनेर सोधेको प्रश्नको पनि सम्बोधनका क्रममा जवाफ दिएका छन्। ‘ओलीजीले अरु कुराको धाक नलगाए हुन्छ, हामी यहीँ छौँ । कालीमाटी भन्यो कालीमाटी छौँ, सानपा भन्यो सानेपा छौँ, माइतीघर भन्यो माइतीघरमा छौँ’, उनले आक्रोशित मुद्रामा भने,हेर्दै जानुहोला, हामी भोलि बालुवाटारमा हुनेछौँ।
ओलीले नेपाल-झलनाथ खनाल समूहमाथि प्रहार गर्दै केही दिनअघिको सम्बोधनका क्रममा कहाँ छन् उनीहरु भनेर प्रश्न गरेका थिए। एमाले दुई समूहमा विभाजित भएसँगै नेपाल पक्षले अहिले समानान्तर गतिविधिलाई तीव्र बनाएको छ।
प्रकाशित मिति २०७७ चैत ७ गते शनिवार ०८:२८