ओलीले म सग हैन जनतालाई स्पष्टिकरण दिनुपर्छ : भिम रावल

ओलीले म सग हैन जनतालाई स्पष्टिकरण दिनुपर्छ : भिम रावल

छाँयापाटी

@छाँयापाटी

२०७७ चैत ८ गते आईतबार ११:०८

काठमाडौं, ८ चैत -: नेकपा ऐमालेका सचिव भीम रावलले प्रधानमन्त्री केपी ओलीले जनतालाई स्पष्टिकरण दिनुपर्ने बताउनुभएको छ । शनिबार बसेको एमालेको केन्द्रीय समितिको बैठकले वरिष्ठ नेता माधव कुमार नेपाल, उपाध्यक्ष रावल, सुरेन्द्र पाण्डे...

काठमाडौं, ८ चैत -: नेकपा ऐमालेका सचिव भीम रावलले प्रधानमन्त्री केपी ओलीले जनतालाई स्पष्टिकरण दिनुपर्ने बताउनुभएको छ ।

शनिबार बसेको एमालेको केन्द्रीय समितिको बैठकले वरिष्ठ नेता माधव कुमार नेपाल, उपाध्यक्ष रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ‘।

ओली पक्षको उक्त निर्णयलाई नेता रावलले अवैध र हास्यासपद भएको प्रतिक्रिया दिनुभएको छ’ । उहाँले ट्वीटरमा लेख्नुभएको छ केपी ओलीजीले मसमेतका नेताहरूलाई स्पष्टीकरण सोध्ने भन्ने कुरा अवैध छ । यो उहाँको निरंकुश स्वेच्छाचारी प्रवृत्तिको द्योतक हो ‘।

राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता, स्वाभिमान ‘र हितको पक्षमा उठाइएका आवाजबाट त्रसित भई विदेशी गुप्तचर प्रमुखसँग राति मन्त्रण गर्ने, नेपालको संविधान मिच्दै जनादेशमाथि प्रहार गरी प्रतिनिधिसभा विघटन गर्ने केपी ओलीको अवैध कमिटीको कथित बैठकले कारवाही गर्नु अवैध र हास्यास्पद छ’ रावलले भन्नुभएकाे छ ‘।

रावलले निर्वाचनमा जारी गरेका प्रतिबद्धता पूरा नगर्ने, आफै हस्ताक्षरित गरी गरेको पार्टी एकता भत्काउने, एमालेको विधान उल्लघंन गर्दै फागुन २८ गते मनपरि निर्णय गर्ने जस्ता निर्णय किन गरेको ‘भन्ने बारे ओलीले जनता र पार्टीपंक्तिलाई स्पष्टीकरण दिनुपर्ने बताउनुभयाे ‘।

प्रकाशित मिति २०७७ चैत ८ गते आईतबार ११:०८
प्रतिक्रियाहरु