प्रचण्डको आरोप : वर्षाैंदेखि विदेशीबाट पालित–पोषित ‘एजेन्ट’ हुन् केपी

प्रचण्डको आरोप : वर्षाैंदेखि विदेशीबाट पालित–पोषित ‘एजेन्ट’ हुन् केपी

छाँयापाटी

@छाँयापाटी

२०७७ चैत ८ गते आईतबार ०४:१७

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी ओलीलाई विदेशीले हुर्काएको एजेन्टको संज्ञा दिएका छन्। आइतबार पार्टी कार्यालय पेरिसडाँडामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले...

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी ओलीलाई विदेशीले हुर्काएको एजेन्टको संज्ञा दिएका छन्।

आइतबार पार्टी कार्यालय पेरिसडाँडामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो आरोप लगाएका हुन् ।’ पेरिसडाँडामा आयोजित ५६ औंअन्तर्राष्ट्रिय जातिभेद उन्मुलन दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले ओलीमाथि गम्भीर  आरोप लगाएका हुन्’ ।

‘संघीयता र लोकतान्त्रिक गणतन्त्र सिध्याउन सक्ने एउटै व्यक्ति अनि जाति, लिंग र समुदायका हकअधिकार सिध्याउन सक्ने, विदेशीसँग राम्रै लम्पसार पार्न सक्ने  २० औँ, २५ औं वर्षदेखि विदेशीले हुर्काएको पालित–पोषित पनि को हो भनेर हेर्दै जाँदा त्यो धारको प्रतिनिधिको रुपमा सबैले केपी ओलीलाई भनेका छन्’ प्रचण्डले भने’ ।

प्रचण्डले विदेशीको साथमा ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त गर्न लागेकोसमेत आरोप लगाएका छन् । ओली गणतन्त्र समाप्त गर्ने र संविधान च्यात्‍ने  धारको नेतृत्वमा रहेको उनको भनाइ छ’ ।

‘संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसरी समाप्त गर्ने होला ? संविधानलाई कसरी च्यात्ने होला ? समानुपातिक प्रणालीलाई के गरी निस्तेज पार्ने होला ? हिजोका गणतन्त्र विरोधी र सामन्तवादका दलाल ति सबै मिलेर एउटा धार बनेको छ’ प्रचण्डले भने,त्यसको नेतृत्व नेपालमा यो संविधानलाई निस्तेज पार्न सक्ने मान्छे को छ भनेर खोज्दै जाँदा यिनीहरुले केपी ओली भेटेँका थिए।

विदेशीका अगाडि राम्रै लम्पसार पर्न सक्ने भन्दै उनले ओलीलाई गणतन्त्रलाई नाश गर्न सक्ने पात्रका रुपमा विदेशीले साथ दिएको आरोप लगाए । ‘उनले त्यस विपरित धारको प्रतिनिधि आफूहरु भएको बताए ‘।

प्रचण्डले पुस ५ को ओलीको गलत कदमपछि आफू थप शक्तिशाली भएको दाबी गरे। ‘उनले भने, पुस ५ गतेपछि त म आफूलाई झनै शक्तिशाली महसुस गर्न थालेको छु। फेरि जनताको प्रतिनिधिको रुपमा लडाइँ लड्ने अवसर प्राप्त भएको छ।

प्रकाशित मिति २०७७ चैत ८ गते आईतबार ०४:१७
प्रतिक्रियाहरु