काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को मानसिक अवस्था ठिक नभएको भन्दै चर्को आलोचना गरेका छन्’ ।
प्रचण्डले प्रधानमन्त्री ओलीलाई संविधान र गणतन्त्रविरोधी भएको आरोप लगाउँदै विदेशीबाट पालित–पोषित व्यक्ति भनेपछि थापा आक्रोशित भएका हुन्’ । थापाले प्रचण्डलाई ‘डिप्रेसनमा परेको’ भन्दै मानसिक अवस्था बिग्रेको समेत संकेत गरेका छन्’ ।
प्रचण्डले त्यस्तो भाषण गरेको ‘भोलिपल्ट सोमबार (आज) बिहान आफ्नो फेसबुकमा लामो स्टाटस लेख्दै एमालेका केन्द्रीय सदस्यसमेत रहेका थापाले आक्रोश पोखेका हुन्।थापाले लेखेका छन्, ‘तथ्यहीन र दुराशयपूर्ण आरोप र गालीगलौज त कसैले सुन्दैन, पत्याउँदैन र विश्वास पनि गर्दैन’।
प्रकाशित मिति २०७७ चैत ९ गते सोमबार ०९:४३