प्रचण्डको पुनरावलोकन मुद्दा प्रधानन्यायाधीश जबराले नै हेर्ने

प्रचण्डको पुनरावलोकन मुद्दा प्रधानन्यायाधीश जबराले नै हेर्ने

छाँयापाटी

@छाँयापाटी

२०७७ चैत १९ गते बिहिबार १२:२८

काठमाडौं, १९ चैत -:  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दर्ता गराएको पुनरावलोकन निवेदनमा प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा आफैले हेर्नु हुने भएको छ । एमाले–माओवादी साबिककै अवस्थामा फर्काउने सर्वोच्च...

काठमाडौं, १९ चैत -:  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दर्ता गराएको पुनरावलोकन निवेदनमा प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा आफैले हेर्नु हुने भएको छ ।

एमाले–माओवादी साबिककै अवस्थामा फर्काउने सर्वोच्च अदालतको फागुन २३ को फैसला पुनरावलोकनका लागि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले निवेदन दायर गनुभएको छ ।

उक्त निवेदनमा प्रधानन्यायाधीश जबरासिहत न्यायाधीश तेजबहादुर केसी तथ न्यायाधीश प्रकाश कुमार ढुंगानाको पूर्ण इजलास पेसी तोकिएको छ ।

न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले फागुन २३ गते नेकपाको आधिकारिकता ऋषि कट्टेलाई दिँदै केपी ओली र प्रचण्डलाई १५ दिनभित्र अर्को नाम लिएर निर्वाचन आयोगमा जान वा साबिककै पार्टीमा फर्किन आदेश दिएको थियो ।

प्रकाशित मिति २०७७ चैत १९ गते बिहिबार १२:२८
प्रतिक्रियाहरु