काठमाडौं, चैत्र २३ – नेपालको पूर्वीभाग सहित काठमाडौंमा भुकम्पको झट्का महसुस गरिएको छ ।थप विवरण आउन बाँकि
यो पनि पद्नुहोस
कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले अहिलेको राजनीतिक अवस्था कायमै रहने हो भने नेकपा एमालेको अन्तिम प्रधानमन्त्री केपी शर्मा ओली नै हुने बताएका छन्’ ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा विशेष समयमा बोल्दै कँडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग राजनीतिक आन्दोनलमा सहभागी नेताहरूलाई पन्छाउँदै गएको र एकता गरेर आएका दलहरूलाई गरेको व्यवहारले पनि एमालेको अन्तिम प्रधानमन्त्री ओली हुने देखाएको बताए’ ।
२०७४ सालको निर्वाचनका क्रममा तत्कालीन एमालेका अध्यक्ष ओलीले कांग्रेसको अन्तिम प्रधानमन्त्री शेरबहादुर देउवा हुने र २०७४ पुससम्म मात्रै मुलुकमा कांग्रेसको प्रधानमन्त्री रहने भनेको स्मरण गराउँदै कँडेलले भने,
यी अभिव्यक्ति सुन्दा हामीलाई लाज लाग्छ । ‘आफ्नो पार्टीमा आफ्नै साथमा लडेका ‘साथीहरूलाई पन्छाउँदै, मर्ज भएका दललाई बक्सनु भएन । कुर्सीको मोहले जुन किसिमको उहाँमा पीडा छ, यस्तै रह्यो भने एमालेको अन्तिम प्रधानमन्त्री केपी ओली नै हुनेछन् ।’
२०७४ सालमा चुनावी सभामा प्रधानमन्त्री ओलीले कांग्रेसको अन्तिम प्रधानमन्त्री देउवा भएको भन्दै कांग्रेसका कार्यकर्ताहरूलाई समवेदना दिएको कुरालाई सांसद कँडेलले स्मरण गराएका थिए ।
कँडेलले एमालेका सांसदहरूको बोली पनि ओलीकै जस्ता रहेको बताएका थिए । उनले ‘जस्ता गुरु त्यस्तै चेला’ भन्दै एमालेका सांसदहरूलाई व्यंग्य गरेका थिए ‘।
प्रधानमन्त्रीले संसदमा आएर विश्वासको मत लिनुपर्ने कँडेलको धारणा थियो । उनले संविधान देखाउँदै सरकारको नेतृत्व गरिरहेको पार्टी विभाजन भएमा वा सरकारलाई समर्थन गरेको दलले समर्थन फिर्ता लिएमा प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था पढेर सुनाएका थिए ।
प्रधानमन्त्री संवैधानिक व्यवस्थाबाट पन्छिन नमिल्ने उनको भनाइ थियो । ‘फागुन २३ गते सरकारको नेतृत्व गरेको दल विभाजित भएको अवस्थामा प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने उनको धारणा थियो ।
अहिलेको सरकार यो सदनबाट ७६ (१) अनुसार मान्यता पाएको हो’ । हिजो नेकपाले विश्वासको मत लिएको हो, एमालेले होइन । संविधानमा हेरे हुन्छ, धारा १०० को २ मा प्रधानमन्त्रीले नेतृत्व गर्ने दल विभाजित भएमा, सरकारलाई समर्थन गर्ने दलले समर्थन फिर्ता लिएमा भन्ने छ । आजै दल विभाजित भएको ३० दिन पुगेको छ’ । हामी यो अवस्थामा एमालेलाई चिन्दैनौं,उनले भनेका थिए ।तत्कालिन नेकपा विभाजित भइसकेपछि प्रधानमन्त्री ओलीले विश्वासको मत लिनैपर्ने कँडेलको भनाइ थियो ।
प्रकाशित मिति २०७७ चैत २३ गते सोमबार ०९:२७