महन्थलाई प्रधानमन्त्री बनाउन देउवा र प्रचण्ड तयार भए पछि छोडे ओलीको साथ

महन्थलाई प्रधानमन्त्री बनाउन देउवा र प्रचण्ड तयार भए पछि छोडे ओलीको साथ

छाँयापाटी

@छाँयापाटी

२०७७ चैत २७ गते शुक्रबार ०६:३३

काठमाडौंं, २७ चैत्र -:  जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउन नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तयार भएका छन् '। आज देउवानिवास बुढानिलकण्ठमा...

काठमाडौंं, २७ चैत्र -:  जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउन नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तयार भएका छन् ‘। आज देउवानिवास बुढानिलकण्ठमा बसेको बैठकमा ठाकुरलाई प्रधानमन्त्री बनाउन देउवा र प्रचण्ड तयार भएका हुन् ।

विश्वस्त स्रोतका अनुसार बैठकमा देउवा र प्रचण्ड दुवैले सहमतिका लागि ठाकुरलाई प्रधानमन्त्री बनाएर जाने विषय राखेका थिए । देउवाले लोकतान्त्रिक गठबन्धन बनाएर जाने प्रस्ताव राख्दै महन्थलाई प्रधानमन्त्री बनाएर जान समस्या नभएको बताएको बुझिएको छ ‘। तर, उनले पार्टीभित्र छलफलको समय मागेका छन्’ ।

काँग्रेसभित्र ओली सरकारको विकल्प खोज्न दबाब बढ्दै जाँदा देउवा लचिलो बनेका हुन् । ठाकुरलाई प्रधानमन्त्री बनाउन नेताहरु सहमत भएसँगै राजनीति रोचक मोडमा पुगेको छ ‘।

प्रतिनिधि सभामा चौंथो ठुलो दल भएपनि जसपा निर्णायक शक्ति बनेको थियो ‘। जसपाले सरकारको नेतृत्वको दाबी समेत गर्दै आएको थियो । जसपा अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्रीका दाबेदार बन्दै आएका थिए’ ।

तीन दलबीच सहमति बन्न नसक्दा प्रधानमन्त्री केपी शर्मा ओली सत्तामा रहँदै आएका छन् ‘। उनले फेरि चुनावमा जाने जोडबल गर्दै आएका छन् ।

प्रकाशित मिति २०७७ चैत २७ गते शुक्रबार ०६:३३
प्रतिक्रियाहरु