जस्तोसुकै संकट आए पनि ओलीको साथ छोड्दैनाैँ देश बिकाश गर्नुछ : टोपबहादुर रायमाझी

जस्तोसुकै संकट आए पनि ओलीको साथ छोड्दैनाैँ देश बिकाश गर्नुछ : टोपबहादुर रायमाझी

छाँयापाटी

@छाँयापाटी

२०७७ चैत २९ गते आईतबार ०८:५४

काठमाडौं -:  उर्जा जलस्रोत तथा सिँचाईमन्त्री टोपबहादुर रायमाझीलले जस्तोसुकै संकट आए पनि प्रधानमन्त्री केपी शर्मा ओलीको साथ नछाडुने बताउनुभएको छ । अर्घाखाँचीको सितगंगा-७ तामातालमा नौमुरे वहुउद्देश्यीय जलविद्युत आयोजनाको आयोजना...

काठमाडौं -:  उर्जा जलस्रोत तथा सिँचाईमन्त्री टोपबहादुर रायमाझीलले जस्तोसुकै संकट आए पनि प्रधानमन्त्री केपी शर्मा ओलीको साथ नछाडुने बताउनुभएको छ ।

अर्घाखाँचीको सितगंगा-७ तामातालमा नौमुरे वहुउद्देश्यीय जलविद्युत आयोजनाको आयोजना साइट कार्यालय उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री रायमाझीले यस्तो बताउनुभएको हो ।

‘हाम्रो ट्युनिङ मिलेको छ, हाम्रो विचार मिलेको छ, राष्ट्र, राष्ट्रियता र समृद्धिको भावना मिलेको छ, जस्तोसकुै संकट आएपनि केपी ओलीको साथ छाड्दैनौं,’ रायमाझीको भन्नुभयाे ।राष्ट्र, राष्ट्रियता, विकास र समृद्धिको काम ओलीबाहेक अरुबाट सम्भव छैन भन्ने कुरा पनि इतिहासले देखाएको मन्त्री रायमाझीले बताउनुभयो ।

केपी ओलीको नेतृत्वमा विकास र समृद्धि लक्ष्य पूरा गर्ने गतिमा देश अगाडि बढिरहेको उहाँले बताउनुभयो । केपी ओली अहिलेसम्मकै अब्बल नेता भएको भन्दै उहाँले यो कुरा देश र जनताले मानिसकेको प्रष्ट पार्नुभयो ।

राष्ट्रिय र राष्ट्रिय स्वाधिनताको पक्षमा दृढ रूपमा उभिने, राष्ट्र नायक, समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्यसाथ अगाडि बढ्नुभएका, विकास र समृद्धिको नेतृत्व गर्नुभएका हाम्रा नेता केपी शर्मा ओलीलाई अरु भन्दा अब्बल नेताका रुपमा राष्ट्रले मानेको छ,’ रायमाझीले भन्नुभयो ।

प्रकाशित मिति २०७७ चैत २९ गते आईतबार ०८:५४
प्रतिक्रियाहरु