बैतडी,चैत ३० गते -: नेपाललाई जानकारी नदिएर भारतले एकपक्षीयरुपमा महाकाली नदीमा निर्माण गरिरहेको तटबन्ध निर्माणको काम तत्कालका लागि रोकिएको छ । ‘तटबन्ध निर्माणस्थलको निरीक्षण गरेर भारतीय पक्षसँग वार्ता गर्न नापी विभागको टोली दार्चुला पुगेको छ ‘।
दार्चुलाको महाकाली नगरपालिका ५, गल्फै क्षेत्रमा भारतले महाकाली नदीको बहावलाई असर पर्ने गरि नेपाली भूमिमै तटबन्ध निर्माण सुरु गरेको थियो ।’ २०७० सालमा महाकाली नदीमा आएको बाढीका कारण नदीले धार परिवर्तन गर्दा सो क्षेत्र नदीपारि परेको थियो’ । भारतले साेही क्षेत्रमा तटबन्ध निर्माण गरिरहेको हो’ ।
भारतले एकपक्षीय रुपमा बाँध निर्माण गर्न थालेपछि नापी विभागको टोलीसहित सर्वपक्षीय नेपाली कार्यदलले सोमबार स्थलगत निरीक्षण गरेर भारतीय पक्षसँग वार्ता गर्ने जिल्ला प्रशासन कार्यालय दार्चुलाले जानकारी दिएको छ’ ।
दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले भारतको उत्तराखण्ड राज्यस्थित पिथौरागढ जिल्लालाई पत्राचार गरेपछि तत्काल काम रोकिएको बताउनुभयो’ ।
प्रजिअ जोशीले भन्नुभयो, नापी विभागको टोली दार्चुला आइपुगेको छ । ‘सोमबार स्थलगत निरीक्षण गरेर भारतीय पक्षसँग वार्ता हुनेछ । भारततर्फको टोली पनि आइपुग्दै छ ।
नापी विभागका उप सचिव दयानन्द जोशीको नेतृत्वमा पाँचजनाको टोली सीमा सम्बन्धी नक्सा लिएर नै दार्चुला आइपुगेको बताइएको छ । नापी विभागको टोलीले आवश्यक परे दार्चुलादेखि टनकपुरसम्मको नेपाली भूभागको अवस्था अवलोकन गर्ने तयारी गरेको छ’ ।
यो विषयमा नापी विभागका उपसचिव दयानन्द जोशीले अहिले नै धेरै कुरा नबोल्ने बताउनुभयो । उपसचिव जोशीले भन्नुभयो,आज भारतीय पक्षसँग वार्ता हुँदैछ । हामी तयारीका साथ दार्चुला आइपुगेका छौं ।’ अहिले यति भनौं ।
२०७० असारमा आएको बाढीले महाकाली नदीको धार परिवर्तन गरेर नेपालतर्फको करिब एकहजार रोपनीभन्दा बढी जग्गा महाकाली नदीपारि परेको महाकाली नदी नियन्त्रण आयोजना निर्देशक शोभाकर पौडेलले बताउनुभयो ‘।
पौडेलले भन्नुभयो,महाकालीमा बाढी आउँदा नदीले धार परिवर्तन गरेर दार्चुलाको गल्फै क्षेत्रको करिब एकहजार रोपनी जग्गा महाकाली नदीपारि परेको छ । खेल मैदान, वन कार्यालयको भवनलगायत सबै नदी पारि गएकाथिए ।’ भारतले त्यही स्थानमा करिब ३० मिटर नेपाली भूमि मिचेर बाँध निर्माण गर्न थालेको हो ‘।
प्रकाशित मिति २०७७ चैत ३० गते सोमबार १२:४९