सबै मिलेर आए हुन्छ, एमाले एक्लै चुनाव लड्छ र जित्छ पनि – ओली

सबै मिलेर आए हुन्छ, एमाले एक्लै चुनाव लड्छ र जित्छ पनि  – ओली

छाँयापाटी

@छाँयापाटी

२०७७ चैत ३० गते सोमबार ०८:२६

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले अबको चुनावमा नेकपा एमाले एक्लै चुनाव लड्ने बताउनुभएको छ ।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सबै पार्टी मिलेर एमालेविरुद्ध चुनाव लड्ने बताएको दुई दिनपछि प्रधानमन्त्रीको प्रतिक्रिया...

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले अबको चुनावमा नेकपा एमाले एक्लै चुनाव लड्ने बताउनुभएको छ ।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सबै पार्टी मिलेर एमालेविरुद्ध चुनाव लड्ने बताएको दुई दिनपछि प्रधानमन्त्रीको प्रतिक्रिया आएको हो ।

काठमाडौंमा सोमबार भएको कार्यक्रममा एमाले अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्रीले भन्नुभयो, ‘प्रचण्डजीले कहिले कहिले साँचो कुरा गर्नुहुन्छ, एक्लै त कसैले नचिताए हुन्छ । नचिहाए पनि हुन्छ । एमाले एक्लै चुनाव लड्छ ।देशभरीका जनता एकजुट होऔं, देशभरीका प्रतिक्रियावादीहरु पनि एकजुट भएर आऊ ।

प्रधानमन्त्री ओलीले एमाले जालझेल, तिकडम गरेर सरकारमा नगएको स्मरण गराउनुभयो । ‘पहिलोपटक सरकारबाट हटाउँदा मैले भनेको थिएँ कि, हामी जस्केलाबाट होइन, राजमार्गबाट आउँछौं, फेरि पनि भन्छु एमाले जालझेल गरेर सरकारमा आएको होइन,’ उहाँले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले सभामुखले संविधान र कानुनविपरीत काम गरेको जिकिर गर्नुभयो । अधिवेशनको पहिलो दिनमै पेस गर्नुपर्ने अध्यादेश सभामुखले रोकेकोमा असन्तुष्टि जनाउँदै प्रधानमन्त्रीले एमसीसी सम्झौता निर्णायार्थ पेस नगरेर कानुन मिचेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो,संविधानको, कानुनको मतलब छैन । कांग्रेस किन बोल्दैन ? मुखमा पानी हालेर बसेको छ ।

प्रकाशित मिति २०७७ चैत ३० गते सोमबार ०८:२६
प्रतिक्रियाहरु