काठमाडौं -: प्रतिष्ठित एएफसी कपको प्रारम्भिक छनौटतर्फ दोस्रो चरणको खेलमा नेपालको त्रिभुवन आर्मी फुटबल क्लबले भारतको चर्चित बैंगलुरु एफसीसँग आज खेल्दैछ' ।
https://www.youtube.com/watch?v=fqiKbciDXhs
भारतको गोवा शहर स्थित जिएमसी स्टेडियममा हुने खेलका...
काठमाडौं -: प्रतिष्ठित एएफसी कपको प्रारम्भिक छनौटतर्फ दोस्रो चरणको खेलमा नेपालको त्रिभुवन आर्मी फुटबल क्लबले भारतको चर्चित बैंगलुरु एफसीसँग आज खेल्दैछ’ ।
भारतको गोवा शहर स्थित जिएमसी स्टेडियममा हुने खेलका लागि आर्मी आइतबार नै भारततर्फ प्रस्थान गरेको थियो । आर्मीले पहिलो चरणतर्फ दशरथ रंगशालामा भएको खेलमा श्रीलंका पुलिस एससीलाई ५–१ ले हराउँदै बैंगलुरुसँगको भेट पक्का गरेको थियो ।
आर्मीले आजको खेल जित्न सफल भए टोलीले साउथ एसियन जोनको प्ले अफ खेल्न पाउनेछ ‘। प्ले अफमा भने आर्मीले बंगलादेशको अवाहानी युनाइटेड र माल्दिभ्सको क्लब इगल्सबीचको विजेतासँग खेल्न पाउनेछ’ । प्ले अफमा पनि जित हात पार्न सके आर्मी ऐतिहा िसक रुपमै पहिलोपटक एएफसीको समूह चरणमा प्रवेश गर्नेछ ‘।
यद्यपि आर्मीको त्यो यात्रा त्यति सहज भने छैन ।’ इण्डियन सुपर लिगको विजेता बनिसकेको बैंगलुरु अनुभवी टोली पनि हो । बैंगलुरुले पाँचपल्ट एएफसी कपमा सहभागिता जनाइसकेको छ ‘। त्यसमध्ये सन् २०१६ मा बैंगलुरु फाइनलमा समेत पुगेको थियो ।
बैंगलुरुले यसअघि नै आर्मीलाई हलुका रुपमा नलिने बताइसकेको छ । भारतको राष्ट्रिय फुटबल टोलीका कप्तान सुनिल क्षेत्रीको कप्तानी रहने बैंगलुरुमा राष्ट्रिय टोलीकाअधिकांश मुख्य खेलाडी तथा अनुभवी विदेशी खेलाडीहरुको सम्मिश्रण रहेको छ । यद्यपि बैंगलुरुलाई आर्मीले पनि कडा चुनौति दिने अनुमान गरिएको छ’ ।
आजको खेल नेपाली समयअनुसार बेलुका ७ः४५ बजेदेखि शुरु हुने बताइएको छ’ । जुन खेल बैंगलुरु एफसीको आधिकारिक युट्युब च्यानलमा पनि प्रत्यक्ष प्रसारण हुने क्लबले जनाएको छ’ ।
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल[email protected]
फोन – ०२१-५४०२२७