२५ सांसदलाई सामूहिक राजीनामा गराउने माधव पक्षको तयारी

२५ सांसदलाई सामूहिक राजीनामा गराउने माधव पक्षको तयारी

छाँयापाटी

@छाँयापाटी

२०७८ बैशाख २ गते बिहिबार ११:०५

काठमाडौं -:  केपी ओलीविरुद्ध समानान्तर गतिविधि सञ्चालन गर्दै आइरहेको नेकपा एमालेको माधवकुमार नेपाल पक्षले प्रतिनिधिसभाका झण्डै दुई दर्जन सांसदको सामूहिक राजीनामा गराउने गुप्त तयारी गरेको छ' । केपी ओलीलाई अहिलेकै अवस्थामा सत्ताच्युत...

काठमाडौं -:  केपी ओलीविरुद्ध समानान्तर गतिविधि सञ्चालन गर्दै आइरहेको नेकपा एमालेको माधवकुमार नेपाल पक्षले प्रतिनिधिसभाका झण्डै दुई दर्जन सांसदको सामूहिक राजीनामा गराउने गुप्त तयारी गरेको छ’ ।

केपी ओलीलाई अहिलेकै अवस्थामा सत्ताच्युत गर्न सकस परेपछि नेपाल समूहले यस्तो योजना बनाएको विश्वस्त स्रोतको दाबी छ ।आफ्नो पक्षमा रहेका सबै सांसद त्यसमा तयार नभए पनि झण्डै २० सांसद जिम्मेवारी त्याग गर्न राजी भइसकेको बताइन्छ’ । स्रोतका अनुसार, त्यसमा थप ५ सांसद जुटाएर सरप्राइज दिने नेपाल पक्षको तयारी छ ।

माधव पक्षका झण्डै २० सांसद जिम्मेवारी त्याग्न तयार भइसकेका छन्’ । अब यो संख्यालाई २५ पुर्याएर पुर्याएर सामूहिक राजीनामा गर्ने गुप्त योजना माधव नेपाल पक्षले बनाएको छ,स्रोतले भन्यो ।

प्रतिनिधिसभामा रहेका नेकपा एमालेका १२१ सांसदमध्ये २ दर्जन बढी सांसद नेपालनिकट रहेको अनुमान छ ‘।नेकपामा छँदै प्रचण्डसँग मिलेर ओलीलाई सत्ताच्युत गर्न माधव नेपाल अग्रसर भएका थिए ।’ तर सर्वोच्चले एमाले ब्युँताइदिएपछि नेपाल पक्ष एमालेमा निकै रक्षात्मक छ ।

ओलीलाई कमजोर पार्न संसद् र केन्द्रीय समिति दुवैतिरको गणितले साथ नदिने र अन्य पार्टीको समीकरणले पनि अवस्था प्रतिकूल भएपछि ओलीमाथि नैतिक संकट पार्न नेपाल पक्षले यस्तो कदम उठाउने तयारी गरेको हो’ ।

प्रकाशित मिति २०७८ बैशाख २ गते बिहिबार ११:०५
प्रतिक्रियाहरु