ओलीले गल्ती स्वीकार गरे अझै पनि वाम गठबन्धनकै सरकार : घनश्याम भुसाल

ओलीले गल्ती स्वीकार गरे अझै पनि वाम गठबन्धनकै सरकार : घनश्याम भुसाल

छाँयापाटी

@छाँयापाटी

२०७८ बैशाख २ गते बिहिबार ०६:१५

रुपन्देही -: नेकपा एमालेका नेता घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो गल्ती स्वीकार गरेर अगाडि बढे अहिले पनि वामगठबन्धनको सरकार रहनसक्ने बताएका छन्' । https://www.youtube.com/watch?v=3BHN0-gNamE&t=17s माधव नेपालपक्षीय प्रेस चौतारीले बिहीबार...

रुपन्देही -: नेकपा एमालेका नेता घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो गल्ती स्वीकार गरेर अगाडि बढे अहिले पनि वामगठबन्धनको सरकार रहनसक्ने बताएका छन्’ ।

माधव नेपालपक्षीय प्रेस चौतारीले बिहीबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा एमालेबाट निलम्वनमा परेका नेता भुसालले ओलीको अहंकारले पार्टीलाई गम्भीर क्षति पुगेपनि अहिलेसम्म त्यसलाई महशुस नगरेको आरोप लगाए’ ।

भुसालले पार्टी अध्यक्ष ओलीले आफ्ना पार्टीका व्यक्तिलाई धमाधम कारवाही गर्ने र फरक विचार राख्नेहरूसँग सहकार्य गर्न खोज्ने गरेबाट नै पार्टी एकता नखोजेको प्रष्ट हुने बताए’ ।

उनले भने, ‘महन्थ ठाकुरसँग ओलीजीको कहिले पनि सहकार्य थिएन, अहिले हामीभन्दा उहाँहरु नजिक रहेर मोर्चाबन्दी गरेको, उठबस गरेको सुनिएको छ, देखिएको छ ‘। यसले एमालेको एकता, वाम एकता बचाउन नसक्ने प्रष्ट पारेको छ ।

भुसालले आफूहरूले समानान्तर कमिटी गठन गरेको नभई पूरानो कमिटी ब्युँताएको दावी गर्दै अहिलेसम्म ७० जिल्लामा कमिटी गठन भइसकेको बताए’ ।

प्रकाशित मिति २०७८ बैशाख २ गते बिहिबार ०६:१५
प्रतिक्रियाहरु