गोकुल बास्कोटालाई लेखा समितिबाट फिर्ता गर्न माग!सही की गलत

गोकुल बास्कोटालाई लेखा समितिबाट फिर्ता गर्न माग!सही की गलत

छाँयापाटी

@छाँयापाटी

२०७८ बैशाख ४ गते शनिवार ०९:४०

३ वैशाख, काठमाडौं -:  ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले संसदको सार्वजनिक लेखा समितिबाट पूर्वमन्त्री गोकुल बास्कोटालाई फिर्ता गर्न माग गरेको छ । सेक्युरिटी प्रेस खरिदको कमिसन लेनदेनको अडियो प्रकरणमा मुछिएका तत्कालीन सञ्चार...

३ वैशाख, काठमाडौं -:  ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले संसदको सार्वजनिक लेखा समितिबाट पूर्वमन्त्री गोकुल बास्कोटालाई फिर्ता गर्न माग गरेको छ ।

सेक्युरिटी प्रेस खरिदको कमिसन लेनदेनको अडियो प्रकरणमा मुछिएका तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री बास्कोटालाई लेखा समितिमा पठाउनु सुशासनविरुद्धको कदम भएको ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले जनाएको छ’ ।

बास्कोटा मन्त्री हुँदा ७० करोड कमिसन लेनदेनका लागि कुराकानी गरेको अडियो सार्वजनिक भएको थियो ‘। त्यसलगत्तै उनले सञ्चारमन्त्रीको पदबाट राजीनामा दिएका थिए ।

सो सम्बन्धमा सार्वजनिक लेखा समितिले सेक्युरिटी प्रेस खरिद प्रक्रिया र अडियो टेपका विषयमा थप अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा फाइल पठाएको थियो ‘।

यद्यपि अख्तियारले त्यसमा थप कार्यबाही अघि बढाएको जानकारी छैन’ । यहीबीचमा नेकपा एमाले (ओली समूह)को आग्रहमा सभामुख अग्निप्रसाद सापकोटाले ३० चैतमा विषयगत समितिका सदस्य हेरफेर गर्ने क्रममा लेखा समितिमा बास्कोटालाई पनि राखिएको थियो ‘।

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका महासचिव मुकुन्द बहादुर प्रधानले शुक्रबार प्रेस विज्ञप्ति प्रकाशित गरी बास्कोटालाई लेखा समितिमा पठाइएपछि अडियो टेप प्रकरणमा पदीय प्रभाव पर्ने निश्चित भएको जनाएका छन् ‘।

यसलाई ‘सर्वथा अनुचित’ भन्दै विज्ञप्तिमा लेखिएको छ यो सिफारिस नेपाल सरकारको भ्रष्टाचारविरुद्धको शून्य सहनशीलता नीतिको प्रतिकूल छ । ‘बास्कोटालाई लेखा समितिको सदस्य बनाइनु संसदीय मान्यता, पद्धति र स्वार्थको द्वन्द्व सिद्धान्त प्रतिकूल भएको हुँदा यो विषयमा संसद र एमाले संसदीय दल दुवै गम्भीर हुनुपर्छ ।’

प्रकाशित मिति २०७८ बैशाख ४ गते शनिवार ०९:४०
प्रतिक्रियाहरु