काठमाडौँ, २२ मंसिर । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालमा राजतन्त्र पुनर्स्थापना हुनु र लास ब्युॅतिनु उस्तै कुरा भएको बताउनुभएकाे छ । डा. भट्टराईले सामाजिक सञ्जाल ट्विटरमार्त साे कुरा बताउनुभएकाे हाे ।
कमल थापाको धेरै पुरानो एउटा भिडियो सामाजिक सञ्जाल प्रयोगकर्ताले हेर्नुहोस् माओवादीको सक्कली चरित्र । अनि डा. बाबुराम भट्टराईको दोचारे चरित्र भन्दै सेयर गरेका थिए । उक्त भिडियाेमा प्रतिक्रिया दिनुहँदै डा. भट्टराईले नेपालमा राजतन्त्र पुनर्स्थापना हुनु र लास ब्युॅतिनु उस्तै कुरा भएको बताउनुभएकाे हाे ।
उहाँले राजतन्त्र पुनर्स्थापना हुन सक्दैन भन्दा कोही किन आत्तिने ? भनेर प्रतिप्रश्न समेत गर्नुभएकाे छ । उहाँले २०६० सालको वार्तामा कमल थापासँग राजालाई भन्नोस् यदि थप रक्तपात रोकेर राजा संविधानसभा र गणतन्त्र मान्छन् भने उनलाई पहिलो राष्ट्रपति स्वीकार्न सकिन्छ भन्दा कमल थापाले त्यो त भन्न सक्दिनॅ भनेको पनि स्मरण गराउनुभएकाे छ ।
उहाँले ट्विटरमा लेख्नुभएकाे छ ”१.नेपालमा राजतन्त्र पुनर्स्थापना हुनु र लास ब्युॅतिनु उस्तै कुरा हो। कोही किन आत्तिने ? २.मैले ०६० को वार्तामा @KTnepal संग भनेको यसो हो-‘राजालाई भन्नोस् यदि थप रक्तपात रोकेर राजा संविधानसभा र गणतन्त्र मान्छन् भने उनलाई पहिलो राष्ट्रपति स्वीकार्न सकिन्छ !’ उनले भने-‘त्यो त भन्न सक्दिनॅ !

प्रकाशित मिति २०७७ मङ्सिर २२ गते सोमबार ०१:१०