अन्तत : फुट्यो जनता समाजवादी पार्टी

अन्तत : फुट्यो जनता समाजवादी पार्टी

छाँयापाटी

@छाँयापाटी

२०७८ बैशाख ७ गते मङ्गलबार १२:२६

काठमाडौं- लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी विभाजित बनेको छ । सोमबार लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाका सांसदले अविश्वास प्रस्ताव ल्याएपछि जसपा विभाजित...

काठमाडौं- लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी विभाजित बनेको छ । सोमबार लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाका सांसदले अविश्वास प्रस्ताव ल्याएपछि जसपा विभाजित बनेको हो ।

अविश्वास प्रस्ताव दर्ता गरेको केहीबेरमा जसपाका ४ जना नेताहरु मन्त्री नियुक्त भएपछि जसपाका लुम्बिनी प्रदेश समिति अध्यक्ष अशोक कुमार यादवले कार्ह्बाही गर्ने बताएका थिए । उनले एक विज्ञप्ति जारी गर्दै सरकारबाट राजीनामा दिई चित्तबुझ्दो स्पष्टीकरण नदिए सांसद पदसमेत नरहने गरी कारबाही प्रक्रिया अघि बढाइने बताएका थिए।

उनीहरुलाई २४ घण्टे स्पष्टीकरण सोधिएको यादवद्वारा जारी विज्ञप्तिमा उल्लेख थियो। तर जसपाको लुम्बिनी प्रदेश अध्यक्ष रविकुमार मिश्राले भने उनीहरू पार्टीकै निर्देशनमा सरकारमा सहभागी भएको बताएका छन् ।

सोमबार विज्ञप्ति जारी गर्दै मन्त्रीको सपथ लिएका विजयबहादुर यादव, सन्तोष पाण्डे, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे लम्साललाई पार्टीले कुनै प्रकारको कारबाही नगरेको बताएका छन्।
पार्टीको निर्देशनमा नै उनी सरकारमा सहभागी भएको बताउँदै मिश्राले उनीहरुमाथि कुनै प्रकारको कारबाही नहुने बताएका हुन्। उनीहरुलाई कारबाही गर्ने भनेर पार्टीको अर्को समूहले जारी गरेको सुचनालाई उनले तानाशाही प्रवृत्तिको संज्ञा दिएका छन्।

योसँगै लुम्बिनी प्रदेशमा जसपा विभाजित बनेको छ । उपेन्द्र यादव तथा बाबुराम भट्टराई समूह सरकारमा सहभागीलाई कारबाही गर्नुपर्ने पक्षमा देखिएको हो भने महन्थ ठाकुर समूह सरकारको बचाउमा देदिएको हो। केन्द्रमा पनि ठाकुर समूह ओली सरकारमा सहभागी हुनुपर्ने बताउँदै आएको छ भने यादव समूह ओलीसँग सरकार्य गर्न नसकिने बताउँदै आएको छ।

प्रकाशित मिति २०७८ बैशाख ७ गते मङ्गलबार १२:२६
प्रतिक्रियाहरु