नेपालको उत्कृष्ट ब्याटिङ, नेदरल्याण्डलाई बलियो लक्ष्य

नेपालको उत्कृष्ट ब्याटिङ, नेदरल्याण्डलाई बलियो लक्ष्य

छाँयापाटी

@छाँयापाटी

२०७८ बैशाख ७ गते मङ्गलबार ०३:०२

काठमाडौं -:  त्रिदेशीय टी२० सिरिजअन्तर्गत आज नेपालले आफ्नो तेस्रो खेल खेलिरहेको छ '। त्रिवि क्रिकेट मैदानमा नेदरल्याडसँग जारी खेलमा नेपालले नेदरल्याण्डलाई बलियो लक्ष्य दिएको छ ।' नेपालले नेदरल्याण्डलाई २०७ रनको लक्ष्य प्रस्तुत...

काठमाडौं -:  त्रिदेशीय टी२० सिरिजअन्तर्गत आज नेपालले आफ्नो तेस्रो खेल खेलिरहेको छ ‘। त्रिवि क्रिकेट मैदानमा नेदरल्याडसँग जारी खेलमा नेपालले नेदरल्याण्डलाई बलियो लक्ष्य दिएको छ ।’ नेपालले नेदरल्याण्डलाई २०७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २०६ रन बनायो’ । नेपालका दुई खेलाडीले अर्धसतक पुरा गरे । ओपनर कुशल भुर्तेल र दिपेन्द्र सिंह ऐरीले अर्धसतक पुरा गरेका हुन् ।

कुशलले ४६ बलमा ६२ रन बनाए । उनले ८ चौका र एक छक्का प्रहार गरेर आउट भए ‘। यस्तै अर्का खेलाडी दिपेन्द्र सिंह ऐरीले आक्रामक ब्याटिङ गर्दै ३० बलमा तीन चौका र ५ छक्काको मद्दतमा ६० रन बनाए । सोमपाल कामीले २१ तथा कप्तान ज्ञानेन्द्र मल्लले २० रन बनाए ।

नेदरल्याण्डका भिभियन किंग्मा र पिटर सिलारले २/२ विकेट लिए ‘।नेपाल आज नेदरल्याण्डमाथि जित निकाल्दै फाइनल पुग्ने लक्ष्यमा रहेको छ । जारी सिरिजमा नेपालले दुई खेलमा दुई जित हासिल गरेको छ ।

नेपाल अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । ‘नेपालले नेदरल्याण्डलाई पहिलो खेलमा ९ विकेट हराएको थियो । यस्तै मलेसियालाई पनि नेपालले ९ विकेटले नै हराएको थियो ।

प्रकाशित मिति २०७८ बैशाख ७ गते मङ्गलबार ०३:०२
प्रतिक्रियाहरु