काठमाडौं -: प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले आफ्नो राजनीतिक जीवन सिध्यानको लागि ठूलो गिरोह लागिरहेको आरोप लगाएका छन् । राईले आफू भर्खरे वैवाहिक जीवनमा बाँधिएको र अहिले वैवाहिक जीवन एकदमै राम्रो रहेको दाबीसमेत गरे ।
हिजो...
काठमाडौं -: प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले आफ्नो राजनीतिक जीवन सिध्यानको लागि ठूलो गिरोह लागिरहेको आरोप लगाएका छन् । राईले आफू भर्खरे वैवाहिक जीवनमा बाँधिएको र अहिले वैवाहिक जीवन एकदमै राम्रो रहेको दाबीसमेत गरे ।
हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले भने,‘हाम्रो मन, विचार, भावना यी सबै कुराहरु मिलेर नै हामी वैवाहिक जीवनमा बाँधिएका हौं । त्यसो त हाम्रो बीचमा असमझदारीको कुनै अंश नै छैन् ।
हाम्रो पारिवारिक जीवन एकदमै सुखद् छ ।उनले आफूले लभ म्यारिज गर्नुको कारण पनि सुनाए । उनले भने,‘हाम्रो विवाह त लभजस्तो पनि, अनि एरेन्जजस्तो छ । हाम्रो बीचमा लभको प्रस्ताव पनि उसले या मैले कसले राख्यो होला, हाम्रो लभ चाहीँ प्रत्येक बोलीमा, व्यवहारमा, विचारमा, दृष्टिकोणमा, काममा, भावनामा यी कुरामा लभ पर्यो ।
उनले आफूले बालिका खड्कालाई कहिल्यैपनि नचिनेको दाबी गरे । उनले भने,‘बालिका खड्का मैले चिनेको मान्छे होईन । कहिल्यै पनि सम्वाद गरेको मान्छे होईन । यो कुरा तपाईँ चेक गर्न सक्नुहुन्छ ।
उनले आफूविरुद्ध एउटा गिरोहले बालिकालाई प्रयोग गरेर दाबी गरे । उनले भने,‘एउटा गिरोहले ती पात्रलाई किनेर लगातार युज गरिरहेको छ । अहिले पछिल्लो समय, सायद एउटा घट्ना मैले सुनें, उनको त्यो प्लान वे मा भयो ।रिपोर्टस् क्वलवाट
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल[email protected]
फोन – ०२१-५४०२२७