काठमाडौं -: प्रहरीले उज्यालो अनलाईन नेटवर्कका कार्यकारी सम्पादक अनिश तामाङलाई पक्राउ गरेको छ । तामाङलाई पक्राउ गर्ने सम्बन्धमा प्रहरीले आईतबार नै पूर्जी जारी गरेको थियो ।
विद्युतीय कारोबार ऐन र राज्यविरूद्ध कसुरसम्बन्धी मुद्दामा अनुसन्धान गर्न तामाङलाई ०७८ बैशाख ६ गते नै पक्राउ गर्न अदालतले अनुमति दिएको जनाइएको छ ।
तामाङ कार्यकारी सम्पादक रहेको उज्यालो अनलाईनले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रअ प्रमुख सामन्तकुमार गोयलबीच सम्झौता भएको भन्ने समाचार प्रकाशन गरेको थियो । सो समाचारमा तथ्य पुष्टि नभएकाे भन्दै उनलाई प्रहरीले कार्यलयमै पुगेर नियन्त्रणमा लिएको हो ।
सम्पादक तामाङले सो समाचारका सम्बन्धमा क्षमासमेत मागिसकेका थिए । तामाङलाई पक्राउ गरेका विषयमा पत्रकारहरुले बिरोध जनाइरहेका छन् ।

प्रकाशित मिति २०७८ बैशाख १२ गते आईतबार ०३:३९