संक्रमण बढेपछि सरकारले भन्यो- अस्पतालमा शैय्या उपलब्ध गराउन नसकिने भयो

संक्रमण बढेपछि सरकारले भन्यो- अस्पतालमा शैय्या उपलब्ध गराउन नसकिने भयो

छाँयापाटी

@छाँयापाटी

२०७८ बैशाख १७ गते शुक्रबार ०४:४९

काठमाडौं : सरकारले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमण व्यापक हुँदा अस्पतालमा शैय्या उपलब्ध गराउन नसकिने अवस्था आएको बताएको छ । शुक्रबार सर्वसाधारणका नाममा अपील सार्वजनिक गर्दै स्वास्थ्य तथा...

काठमाडौं : सरकारले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमण व्यापक हुँदा अस्पतालमा शैय्या उपलब्ध गराउन नसकिने अवस्था आएको बताएको छ ।

शुक्रबार सर्वसाधारणका नाममा अपील सार्वजनिक गर्दै स्वास्थ्य तथा जनसंख्या मनत्रालयले यस्तो बताएको हो । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले सार्वजनिक गरेको अपीलमा भनिएको छ,स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण बढेकोले अस्पतालमा राखेर हेरचाह गर्न अस्पताल शैया उपलब्ध गराउन नसकिने भइसकेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार अपील जारी गर्दै काठमाडौं उपत्यकासहित २२ जिल्लामा कोरोना संक्रमण डरलाग्दो गरी फैलिरहेको बताएको छ ।

मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली र कञ्चनपुरमा कोरोना संक्रमणका हिसाबले अति प्रभावित जिल्ला हुन् ।

मन्त्रालयले अपीलमा भनेको छ, ‘स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण बढेकाले अस्पतालमा राखेर हेरचाह गर्न अस्पताल शय्या उपलब्ध गराउन नसकिने भइसकेको छ,त्यसैले सबैजना संवेदनशील हुन हार्दिक अनुरोध छ।

साथै मन्त्रालयले संक्रमणको रोकथाममा जनस्वास्थ्यका मापदण्ड अपनाउन र संवेदनशील हुन समेत अपि‍ल गरेको छ।

प्रकाशित मिति २०७८ बैशाख १७ गते शुक्रबार ०४:४९
प्रतिक्रियाहरु