काठमाडौं -: शुक्रबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नै निवास बूढानीलकण्ठमा पत्रकार सम्मेलन गरे । सम्मेलनमा कोरोना संक्रमण रोकथाम र वर्तमान राजनीतिक अवस्था र गतिबारे पत्रकारसँग आफ्नो धारणा राखे ।
पीसीआर परीक्षण बढाउन र कोरोना संक्रमितहरुको उपचारका लागि आईसीयू–भेन्टिलेटरसहित बेड व्यवस्था गर्न सरकारसँग उनले माग गरे ।तर, सरकारको लापरवाही र अकर्मण्यताका कारण आईसीयू, भेन्टिलेटर बेडहरुको अभाव हुन थालेको सभपाति देउवाले बताए ।
तर, सम्मेलनमा पत्रकार सोधेको सोधेकै गर्ने, सभापति देउवा भने बोल्न नै नचाहेको देखिए । पत्रकारले लामो प्रश्न सोधे पनि उनी ‘झर्काे’ लाग्दै उत्तर दिएको देखिन्थे । तैपनि पत्रकारले भने हाँस्दै सभापति देउवालाई नयाँ सत्ता समीकरण र पार्टीकै आन्तरिक किचलोबारे प्रश्न सोधिरहे ।
प्रेस विज्ञप्तिको अन्तमा विदेशी राष्ट्रलाई नेपाललाई कोरोना खोपमा सहयोग गर्न अनुरोध गर्दै सम्मेलन सकिएको बताए । पत्रकारले प्रश्न सोध्दा कयौँपटक देउवाले मास्कमा औँलो छोए ।पत्रकारले प्रश्न गर्छन्-‘कांग्रेस पार्टीको क्रियाशिल सदस्य टुंग्याउन पनि लिंगरिङ गरिहेको छ । राज्यसत्ताजस्तै पार्टीसत्ता पनि रहेको आरोप छ ?
प्रश्नको उत्तरमा केन्द्रीय सदस्यको छलफलमा यस विषयमा कुरा भएको देउवाले प्रश्न दिए । र, पार्टीको क्रियासिल सदस्यका विषयमा उनी पार्टीका महामन्त्री डा. शशांक कोइरालामाथि उत्रिए ।
सभापति देउवाले भने, ‘उहाँ आफैँ कोभिड भएको मान्छे । उहाँले मलाई भनेकै हो । उहाँ आफैँ डाक्टर हुनुहुन्छ । उहाँको सल्लाहबिना यस्तो काम हुन्छ । नत्र किन भएन भन्ने बारेमा उहाँलाई सोधे भइगोनि !
‘क्रियाशिल सदस्य टुंग्याउन नचाहेको र प्रधानमन्त्रीसँग सेटिङ छ भनिन्छ नि’ पत्रकारले प्रश्न गर्छन् फेरि । आफू पार्टी सभापति भएदेखि यस्तै यस्तै प्रश्न खेप्नुपरेको देउवाले जवाफ दिए ।
त्यसपछि कुराकानीको अन्तमा पत्रकारले मिलेनियम च्यालेन्ज कर्पोरेसन बारेमा प्रश्न सोधे । ‘एमसीसी पारित भएन भने मलाई गाह्रो हुन्छ भन्नुभएको छ रे भन्ने बाहिर सुनिन्छ ।मैले कहाँ भने त्यस्तो ? कहाँ भने ? त्यस्तो कुरा बाहिर आएको छैन ।’ पत्रकारले गरेको प्रश्नको जवाफ दिँदै देउवा जंगिन पुगे ।
एमसीसी पारित गर्ने सन्दर्भमा कुनै छलफल नभएको र एमसीसी नेपालमा आउँदैमा पूरै सेनाले देश कब्जा गरिहाल्ने अवस्था पनि नरहेको सभापति देउवाले स्पष्ट पारेका छन् ।
साथै, एमसिसीबारे बाहिर अनावश्यक भ्रम फैलाइएकोमा उनले असन्तुष्टि पोखे ।उनले भने, ‘यो सित्तैमा दिएको अनुदान हो, ब्याज तिर्नु पनि पर्दैन। तर हरेक भ्रम फैलाइएको छ। अमेरिकी सेना आउँछ भनेर, कसले आउन दिन्छ नेपालमा अमेरिकी सेना ? अमेरिकी सेना आउन दिउँला त म आफैँले ? यस्ता झुठा प्रचार गर्ने ?
प्रकाशित मिति २०७८ बैशाख २० गते सोमबार ०१:४३