अक्सिजन सिलिण्डर लिन वाइड बडी जहाज बेइजिङ उड्दै

अक्सिजन सिलिण्डर लिन वाइड बडी जहाज बेइजिङ उड्दै

छाँयापाटी

@छाँयापाटी

२०७८ बैशाख २५ गते शनिवार ०९:२०

काठमाडौं-:  चीनबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए३३० जहाज यही वैशाख २७ गते चीनको राजधानी बेइजिङ जाने भएको छ।निगमको वाइड बडी जहाज सोमबार बिहान ११ः३० बजे बेइजिङ...

काठमाडौं-:  चीनबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए३३० जहाज यही वैशाख २७ गते चीनको राजधानी बेइजिङ जाने भएको छ।निगमको वाइड बडी जहाज सोमबार बिहान ११ः३० बजे बेइजिङ प्रस्थान गर्ने र भोलिपल्ट अपराह्न २ः३५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छ।

चीन सरकारले अनुदानमा दिएको अक्सिजन सिलिण्डर र भेन्टिलेटर लिन वाइड बडी जहाजले बेइजिङ उडान भर्ने तयारी गरेको निगमले जनाएको छ।

वाइड बडी जहाजले चीनबाट ४०० थान अक्सिजन सिलिण्डर र २० थान भेन्टिलेटर नेपाल ल्याउने छ। निगमका महाप्रवन्धक डिमप्रकाश पौडेलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रहबमोजिम चीनबाट अक्सिजन सिलिण्डरसहितका स्वास्थ्य सामग्री लिन निगमले वाइड बडी जहाज पठाउने तयारी गरेको जानकारी दिए।

‘चीनबाट स्वास्थ्य सामग्री ल्याइदिन स्वास्थ्य मन्त्रालयले अर्थ मन्त्रालयलाई पत्राचार गरिसकेको छ, हामी (निगम)ले जहाज पठाउनका लागि आफ्नो तयारी थालिसकेका छौँ उनले भने। चीनले २० हजार अक्सिजन सिलिण्डर अनुदानमा दिने जनाइएको छ।

अहिले विश्वभरि कोरोनाभाइरस सङ्क्रमण र त्यसबाट हुने रोग कोभिड-१९ को त्रास छ। विश्वका अधिकांश देशमा मान्छेका गतिविधिहरू अत्यावश्यक काममा मात्रै सीमित भएका छन्।

उक्त भाइरस फैलिन नपाओस् भनेर अवलम्बन गरिएको उपायस्वरूप अधिकांश मानिसहरू घरभित्रै सीमित छन्। कोरोनाभाइरस नाक र मुखबाट मानिसको शरीरमा प्रवेश गर्छ। सङ्क्रमित व्यक्तिको संसर्गमा आउने अरू मानिसलाई उक्त भाइरस सर्न सक्छ।

सङ्क्रमित व्यक्तिले खोक्दा वा हाछ्युँ गर्दा नाक र मुखबाट निस्किएका ससाना छिटामा कोरोनाभाइरस हुन्छन्। उनीहरूको नजिकमा बस्ने मानिसको शरीरमा भाइरस छिर्न सक्छ। सङ्क्रमित व्यक्तिले सरसामान वा सतह छोएर हात नधोई आफ्नो अनुहार छुँदा कोरोनाभाइरस शरीरमा छिर्न सक्छ।

भाइरसले पहिला घाँटी, सासनली र फोक्सोका कोषलाई आक्रमण गर्छ। बिस्तारै ती अङ्गलाई कोरोनाभाइरसहरूले आफ्नो नियन्त्रणमा लिएर आफ्नो सङ्ख्या वृद्धि गर्न थाल्छन् र गम्भीर असर पुर्‍याउन सक्छन्।

कोरोना छिटो फैलिनुका मुख्य कारणहरु

यी मेरै अफिसका सहकर्मी हुन् । उनीहरुसंग बोल्दा मास्क लगाउनु पर्दैन, सर्दैन । यी मेरा मिल्ने साथीहरु हुन् । उनीहरुसंग बोल्दा मास्क लगाउनु पर्दैन, सर्दैन ।यी मेरा नातेदार हुन् ।उनिहरुसंग बोल्दा मास्क लगाउनु पर्दैन, सर्दैन ।

प्रकाशित मिति २०७८ बैशाख २५ गते शनिवार ०९:२०
प्रतिक्रियाहरु