सरकारको राम्रो निर्णय काठमाडौंका सरकारी अस्पतालमा कोभिडका बिरामी मात्र उपचार गरिने

सरकारको राम्रो निर्णय काठमाडौंका सरकारी अस्पतालमा कोभिडका बिरामी मात्र उपचार गरिने

छाँयापाटी

@छाँयापाटी

२०७८ बैशाख २८ गते मङ्गलबार ०६:२२

२८ वैशाख, काठमाडौं -: सरकारले काठमाडौं उपत्यकाका सबै सरकारी अस्पतालको बेडमा कोरोना संक्रमितको उपचार गर्ने नीतिगत निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले काठमाडौंका सबै अस्पतालमा शत प्रतिशत...

२८ वैशाख, काठमाडौं -: सरकारले काठमाडौं उपत्यकाका सबै सरकारी अस्पतालको बेडमा कोरोना संक्रमितको उपचार गर्ने नीतिगत निर्णय गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले काठमाडौंका सबै अस्पतालमा शत प्रतिशत बेडमा कोभिड–१९ का बिरामी राखेर उपचार गर्ने नीतिगत निर्णय भएको जानकारी दिए ।

त्यस्तै उनले निजी अस्पाललाई पनि आफ्नो क्षमताको दुई तिहाइ शय्या कोभिड–१९ को बिरामीका लागि छुट्याउन आग्रह गरिएको उनले बताए ।

अक्सिजनको आपूर्ति मागको आधा

सचिव अर्यालका अनुसार हाल दैनिक १५ हजार सिलिन्डरसम्म अक्सिजन आवश्यक परेको बताए । तर अक्सिजन उद्योगले दिनमा ८ हजार सिलिन्डर मात्र रिफिल गर्न सक्ने उनले जानकारी दिए । अस्पतालहरुको प्लान्टबाट दिनमा दुई हजार सिलिन्डर आपूर्ति भइरहेको उनको भनाइ छ ।

अक्सिजनको आवश्यकता पूरा गर्न तत्काल आयात गर्नुको विकल्प नभएको पनि सचिव अर्यालले बताए । ‘हामीले तत्काल अक्सिजनको उत्पादन र आया बढाउनुपर्छ, लिक्विड अक्सिजनको प्रयोग गर्नुपर्छ’ उनले भने ।

चीनबाट एयर लिफ्ट गरेर २००० अक्सिजन सिलिन्डर ल्याउने र १० वटा लिक्वीड अक्सिजन खरिदका लागि बोलपत्र आह्वान भइसकेको पनि सचिव अर्यालले बताए ।अक्सिजन आयात गर्नेका लागि सरकारले भन्सार छुट गरेको पनि उनले बताए ।

यो मात्रामा अक्सिजन चाहिन्छ भन्ने अनुमान थिएन

मन्त्रालयका सचिव अर्यालले यो मात्रामा अक्सिजन आवश्यक पर्छ भन्ने अनुमान नै नगरेको बताए ।अघिल्लो वेभमा यो लेभलको अक्सिजन आवश्यक नभएकाले यहाँका उद्योगले शत प्रतिशत क्षमतामा काम गर्दा पुग्छ भन्ने अनुमान थियो, तर भारतबाट ल्याउनुपर्ने नै देखिएको छ’ उनले भने ।

महामारीको समयमा स्वास्थ्य सेवा प्रवाह गर्ने कसैले पनि आफ्नो कर्तव्य भुल्न नहुने भन्दै सचिव अर्यालले कसैले पनि हात उठाउन नपाइने बताए । ‘कसैले पनि हात उठाउन पाइँदैन । सम्भव भएसम्म सबै प्रयास गर्नुपर्छ’ उनले भने ।उनले निजी अस्पतालले पनि अब वैकल्पिक अक्सिजनको व्यवस्था गर्नुपर्ने र त्यसमा लगानी गर्नुपर्ने बताए ।

प्रकाशित मिति २०७८ बैशाख २८ गते मङ्गलबार ०६:२२
प्रतिक्रियाहरु