अक्सिजन अभाव भए यी नम्बरमा फोन गर्नुहोस सरकारले उपलब्ध गराउने छ

अक्सिजन अभाव भए यी नम्बरमा फोन गर्नुहोस सरकारले उपलब्ध गराउने छ

छाँयापाटी

@छाँयापाटी

२०७८ बैशाख २९ गते बुधबार ०५:०६

काठमाण्डाै-:  सरकारले अक्सिजन अभाव भएमा खबर गर्न आग्रह गरेको छ । 'कोरोना संक्रमणको दर बढ्दै जाँदा अक्सिजन अभाव सुरु भएसँगै सरकारले अक्सिजन नपाएकाहरुका लागि ११५४ र ११४० मा फोन गर्न गर्न भनेको हो '। यो नम्बरमा फोन गरेर नाम टिपाएमा...

काठमाण्डाै-:  सरकारले अक्सिजन अभाव भएमा खबर गर्न आग्रह गरेको छ । ‘कोरोना संक्रमणको दर बढ्दै जाँदा अक्सिजन अभाव सुरु भएसँगै सरकारले अक्सिजन नपाएकाहरुका लागि ११५४ र ११४० मा फोन गर्न गर्न भनेको हो ‘।

यो नम्बरमा फोन गरेर नाम टिपाएमा कतै न कतैबाट अक्सिजनको व्यवस्थापन गर्न सहयोग गरिने कोभिड १९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले जनाएको छ ‘।

अक्सिजन अभावमा नेपालमा पनि केही अस्पतालमा संक्रमितले ज्यान गुमाउनु परेको छ ।’ अहिले देशभर काठमाण्डाैमा ८ सहित २० वटा अक्सिजन प्लान्ट सञ्चालनमा रहेका छन् ।

अक्सिजन सिलिण्डर पर्याप्त मात्रामा उपलब्ध भए माग धान्न कुनै समस्या नरहेको अक्सिजन उत्पादक उद्योगीहरुले बताउँदै आएको छ ‘।

यस्तै विभिन्न ठाउँमा रोकिएका अक्सिजन सिलिण्डर संकलनको कामसमेत भइरहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले जानकारी दिनुभएको छ’ ।

यस्तै, बिरामीलाई अक्सिजन पुर्‍याउन युवाहरु पनि स्वस्फूर्त रुपमा सक्रिय भएका छन् । ‘हाम्रो टिम नेपाल र हाम्रो सानो प्रयास परिवारले अहिले अक्सिजनको सिलिण्डर पुर्‍याउन सहयोग गरिरहेको बताएका छन् ‘

अक्सिजन आवश्यक परे ९८५११०२६५२, ९८५११०२६५३, ९८५११६६४३७, ९८५११०२६५४,९८४१६६९१७० र ९८५१०५४२८० नम्बरमा फोन गर्न आग्रह गरिएको छ ।

प्रकाशित मिति २०७८ बैशाख २९ गते बुधबार ०५:०६
प्रतिक्रियाहरु