३० वैशाख, काठमाडौं -: नेकपा एमालेको माधव नेपाल समूहले चार नेतामाथि गरिएको कारबाही फिर्ता लिनु सकारात्मक भएको बताएको छ । यद्यपि पार्टी एकतालाई जोगाउन जेठ २ मा फर्किन अध्यक्ष केपी शर्मा ओली तयार हुनुपर्ने बताएको छ ‘।
बिहीबार विहान बसेको अध्यक्ष ओली पक्षको स्थायी कमिटी बैठकले माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेमाथि गरिएको कारबाही फिर्ता लिने निर्णय गरेको छ ।
नेपाल समूहका नेता योगेश भट्टराईले कारबाही फिर्ता लिनु सकारात्मक भएको बताए ।’कारबाही गर्नु नै गल्ती थियो, गल्ती सच्याउने काम भएको छ’ नेता भट्टराईले अनलाइनखबरसँग भने, ‘यसलाई सकारात्मक मान्नुपर्छ’ ।
यद्यपि पार्टी एकता जोगाउन २०७५ जेठ २ मा फर्किनुपर्ने नेपाल समूहका नेताहरुको अडान छ ।’ भट्टराई भन्छन्, ‘पार्टी अध्यक्षले पार्टीको एकता जोगाउन जेठ २ मा फर्किने र सहमतिका साथ पार्टीलाई अगाडि बढाउन उदारता देखाउनुपर्छ ।
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले ओमानको मस्कटबाट ६०० थान अक्सिजन सिलिण्डर ल्याउने भएको छ’ । गैरआवासीय नेपाली सङ्घको सहयोग र नेपाली दूतावास ओमानका सहकार्यमा सहयोगस्वरुप प्राप्त हुने अक्सिजन सिलिण्डर लिन निगमको वाइड बडी ए ३३० जहाज आगामी शनिबार मस्कट जाने तयारीमा रहेको जनाइएको छ ‘।
निगमका महाबवन्धक डिमप्रकाश पौडेलले शनिबार मस्कटबाट अक्सिजन सिलिण्डर ल्याइने र सोही दिन साँझ चीनको बेइजिङमा सङ्कलित करीब ४०० थान अक्सिजन कन्सन्ट्रेटर ४०० थान सिलिण्डर र अन्य स्वास्थ्य सामग्री ल्याउने तयारी गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार सिलिण्डरका अलावा चीनबाटै आठ अक्सिजन जेनेरेटर पनि ल्याउने तयारी भइरहेको छ’ । सो प्रयोजनका निम्ति निगमको जहाज बेइजिङ पठाइनेछ ।
एनआरएनएका अध्यक्ष कुमार पन्तले बुधबार सामाजिक सञ्जालमा पोष्ट गर्दै नेपालमा कोरोना बिरामीलाई अक्सिजन पु¥याउन कठिन भएका बेला संस्थाले चीनबाट १०० अक्सिजन कन्सन्ट्रेटर र ओमानबाट ५५० सिलिण्डर शनिबारसम्म काठमाडौँ पु¥याउने प्रयासमा रहेको जनाउनुभएको छ ।
ओमानपछि हरेक दिन ५५० थान सिलिण्डर उत्पादन हुने भएकाले प्रतिदिन नै वाइड बडी ए ३३० जहाज बेइजिङ पठाइने उहाँले बताउनुभयो । निगमले अन्यत्र उपलब्ध हुन सक्ने सामान ल्याउन निगमका सबै जहाज तयारी अवस्थामा राखिएको जनाएको छ ‘। नेपाल सरकारका सम्बद्ध सबै निकायको सक्रियतामा आगामी १०– १२ दिनमा अक्सिजनको समस्या समाधान हुने निगमले विश्वास लिएको छ ।
निगमको वाइड बडी जहाजले यसअघि यही वैशाख २८ गते चीन सरकारले अनुदानमा दिएको ४०० थान अक्सिजन सिलिण्डर, १० थान भेण्टिलेटरसहितका स्वास्थ्य सामग्री काठमाडौँ ल्याएको छ ।’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रह र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको समन्वयमा चीनबाट अक्सिजन सिलिण्डरसहित स्वास्थ्य सामग्री ल्याइएको हो ।
प्रकाशित मिति २०७८ बैशाख ३० गते बिहिबार ०१:०७