प्रधानमन्त्री ओलीले लिए शपथ,सबै मन्त्री दोहोरिए ! बधाई छ

प्रधानमन्त्री ओलीले लिए शपथ,सबै मन्त्री दोहोरिए !  बधाई छ

छाँयापाटी

@छाँयापाटी

२०७८ बैशाख ३१ गते शुक्रबार ०३:२२

३१ वैशाख, काठमाडौं-:  प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ लिएका छन् । 'शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् । वैशाख २७ गते संसदबाट विश्वासको मत नपाएपछि पदमुक्त भएका...

३१ वैशाख, काठमाडौं-:  प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ लिएका छन् । ‘शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् ।

वैशाख २७ गते संसदबाट विश्वासको मत नपाएपछि पदमुक्त भएका ओलीलाई राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ (३) अनुसार बिहीबार राति प्रधानमन्त्री नियुक्त गरेकी थिइन् ।’ राष्ट्रपतिबाट शपथ लिएका ओलीले आजै सिंहदरबार आएर पदभार ग्रहण गर्दैछन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् गठन गरेका छन्’ । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीसामू पद तथा गोपनियताको सपथ लिएलगतै उनले २१ मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका हुन् ।

एमाले अध्यक्ष समेत रहेका ओलीले यसअघि क्याबिनेटमा रहेका सबैलाई मन्त्री बनाएका छन्’ । नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति र राज्यमन्त्रीहरुले प्रधानमन्त्री समक्ष सपथ लिएका छन् ।

कोको भए मन्त्री ?
ईश्वर पोखरेल, उप्रपधान तथा प्रधानमन्त्री कार्याल।,रामबहादुर थापा बादल, गृह,टोपबहादुर रायमाझी, उर्जा,विष्णु पौडेल, अर्थ

प्रदिप ज्ञवाली, परराष्ट्र,हृदयेश त्रिपाठी, स्वास्थ्य तथा जनसंख्या,लेखराज भट्टर, उद्योग, बाणिज्य तथा आपूर्ति,कृष्णगोपाल श्रेष्ठ, शिक्षा,प्रभु साह, सहरी विकास,भानभुक्त ढकाल, पर्यटन,मणिचन्द्र थापा, खानेपानी

पद्मा अर्याल, कृषि,बसन्त नेम्वाङ, भौतिक पूर्वाधार तथा यातायात,गौरीशंकर चौधरी, श्रम, रोजगार,पार्वत गुरुङ, सञ्चार,शिवमाया तुम्बाहाम्फे, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवार,लिलानाथ श्रेष्ठ, कानून

गणेशसिंह ठगुन्ना, संघीय मामिला तथा सामान्य प्रशासन,प्रेमबहादुर आले, वन’जुलीकुमारी महतो, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक,दावा लामा तामाङ, युवा तथा खेलकुद

राज्यमन्त्रीहरु नवराज राउत, स्वास्थ्य तथा जनसंख्या,रामवीर मानन्धर, सहरी विकास,विमला विक, उद्योग, बाणिज्य तथा आपूर्ति

प्रकाशित मिति २०७८ बैशाख ३१ गते शुक्रबार ०३:२२
प्रतिक्रियाहरु