राप्रपाद्वारा राष्ट्रिय सभामा एमालेका उम्मेदवार बादललाई भोट दिने सहमती

राप्रपाद्वारा राष्ट्रिय सभामा एमालेका उम्मेदवार बादललाई भोट दिने सहमती

छाँयापाटी

@छाँयापाटी

२०७८ जेठ १ गते शनिवार ०४:४३

काठमाडौं -:  आगामी जेठ ६ गते हुन गइरहेको राष्ट्रिय सभामा रिक्त एक सिटको निर्वाचनमा नेकपा एमालेका तर्फबाट उम्मेदवार एवं गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई मत दिने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सहमती गरेको छ । शनिबार...

काठमाडौं -:  आगामी जेठ ६ गते हुन गइरहेको राष्ट्रिय सभामा रिक्त एक सिटको निर्वाचनमा नेकपा एमालेका तर्फबाट उम्मेदवार एवं गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई मत दिने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सहमती गरेको छ । शनिबार बसेको राप्रपाको बैठकले एमालेका उम्मेदवार बादललाई मत दिने राप्रपा नेताहरुबीच निर्णय भएको हो’।

औपचारिक निर्णय नभए पनि शनिबार बसेको अध्यक्षत्रय कमल थापा, पशुपति शमसेर राणा र डा. प्रकाशचन्द्र लोहनीसहित शीर्ष नेताहरुको बैठकले उक्त सहमती गरेको बताइएको छ’ । साथै, नेताहरुबीच भएको सहमतीअनुसार नै अन्तिम निर्णय गर्न लागिएको पनि बताइएको छ ।

यसअघि बादल वागमती प्रदेशबाट नेकपा माओवादी केन्द्रबाट उम्मेदवार भई राष्ट्रिय सभामा निर्वाचित भएका थिए। तर, बादलले माओवादी दल त्याग गरेसँगै रिक्त रहेको पदमा निर्वाचन हुन लागेको हो ‘।

उता, नेपाली कांग्रेस र माओवादी केन्द्रबाट डा. खिमलाल देवकोटालाई उक्त पदका लागि उम्मेदवार बनाइएको छ।नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले ‘भने आफ्नै पार्टीका कृष्णबहादुर तामाङलाई उम्मेदवार बनाएको छ’।

हाल बागमती प्रदेशमा राप्रपाका दुई प्रदेश सांसद रिता माझी र रिना गुरुङ रहेको छन् ।’ दुवै धादिङको रुबी भ्याली गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष छन्। उनीहरुको मतभार १ सय ३२ हुन्छ।

प्रकाशित मिति २०७८ जेठ १ गते शनिवार ०४:४३
प्रतिक्रियाहरु