माधव नेपालजस्तो ङिच्च दाँत देखाउने निर्लज्ज मान्छे दुनियाँमै छैन : प्रधानमन्त्री ओली

माधव नेपालजस्तो ङिच्च दाँत देखाउने निर्लज्ज मान्छे दुनियाँमै छैन : प्रधानमन्त्री ओली

छाँयापाटी

@छाँयापाटी

२०७८ जेठ ९ गते आईतबार ०४:१९

काठमाडौं -:  नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपालजस्तो निर्लज्ज मान्छे दुनियाँमा नदेखिएको बताउनुभएको छ । आइतबार बालुवाटारमा पत्रकार सम्मेलनमार्फत् प्रमुख प्रतिपक्ष दलसँग मिलेर...

काठमाडौं -:  नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपालजस्तो निर्लज्ज मान्छे दुनियाँमा नदेखिएको बताउनुभएको छ । आइतबार बालुवाटारमा पत्रकार सम्मेलनमार्फत् प्रमुख प्रतिपक्ष दलसँग मिलेर पार्टीका अध्यक्षलाई हटाउने नेपालजस्तो निर्लज्ज मान्छे दुनियाँमा कहीँ नदेखिएको उहाँले बताउनुभयो ‘।

उहाँले भन्नुभयो, आफ्नै पार्टीको अध्यक्ष, संसदीय दलको नेता एवं प्रधानमन्त्रीलाई हटाएर र प्रमुख प्रतिपक्ष दलको नेतालाई प्रधानमन्त्री बनाउनका लागि निर्लज्ज भएर कुँदेको यो लोकतान्त्रिक आन्दोलनमै छैन कहीँ ।’ कहीँ हुँदैन यस्तो ।

छैन । जो माधव नेपालको नेतृत्वमा निर्लज्ज प्रर्दशन भयो । ‘यस्तो रेकर्ड दुनियाँमा छैन । ‘कमसेकम म बस्न सक्दिन भनेर इमान देखाउछन् । म नेकपा एमालेको वरिष्ठ नेता भएर लाजमर्दाे भएर कोही पनि जाँदैन क्या !

एमालेको नेताविरुद्ध विपक्षी नेताको पक्षमा हस्ताक्षर गरेर अनि म एमालेको वरिष्ठ नेता भनेर ङिच्च दाँत देखाएर बस्न, यस्तो निर्लज्ज दुनियाँमा देखिएको छैन ‘।

नेपाल समूहले दर्ता गरेको भनिएको पार्टीलाई ‘डुब्लिेकेट’ पार्टी दर्ता गरिएको प्रधानमन्त्री ओलीको भनाइ रहेको छ । उहाँले भन्नुभयो, ‘डुब्लिेकेट’ पार्टी दर्ता गरिएकादर्ता गराएको छ ‘।

कति छद्म खेल । छद्म पनि के होर पत्रैपत्र ।’ षड्न्यत्रै षड्यन्त्रै, धोकै धोका, बेइमानी नै बेइमानी । निर्लज्जै निर्लज्ज । अब हामीले स्पष्टीकरण सोधेका छौँ र तदर्थ निलम्बनको कारबाही थाल्छौँ’ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन नेपालले झुक्याएर सांसदहरुको हस्ताक्षर बुझाएको आरोप प्रधानमन्त्री ओलीले लगाउनुभएको छ ‘। साथै, अझैँ पनि फराकिलो साथ फर्किएर आउनेहरुलाई साथ दिन तयार रहेको उहाँले बताउनुभयो । यद्यपि, भीरबाटै खस्नेलाई के गर्न नसकिने उहाँले बताउनुभयो ‘।

यसैगरी सरकारले चुनाव नभए पनि खोप ल्याउने उहाँले बताउनुभएको छ ।सरकारले चुनाव नभए पनि खोप ल्याउछ र लगाउछ । जनताको स्वास्थ्यमाथि खेलवाड गर्न मिल्दैन । ‘चुनावसँग तर्सिने प्रचण्ड माधव नेपालजस्ताहरुको खेती हो यो ‘।

साथै, आगामी चुनाव भयो भने आफ्नो बेहाल हुने डरले यस्तो खेल रचिएको उहाँको आरोप छ’ । उहाँले भन्नुभयो, चुनाव भयो भने आफ्नो बेहाल त हुन्छ हुन्छ ‘।

बामपन्थी भनेको छ, लोकतन्त्र भनेको छ तर, भित्र भित्र छिरेर लोकतन्त्रको नारा दिने ।’ अनुशासनहीन, अराजकता, अमर्यादित क्रियाकलाप नेपाली जनताले देखेको छ ‘। अरु पार्टीभित्र छिरेर दुनो सोझाउने प्रवृत्ति जनताले देखेका छन् ‘।

प्रकाशित मिति २०७८ जेठ ९ गते आईतबार ०४:१९
प्रतिक्रियाहरु