१० जेठ, काठमाडौं -: विपक्षी गठबन्धनका सांसदहरुले संसद पुनर्स्थापना गर्न र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्दैछन् । त्यसका लागि नेताहरु अदालत पुगेका छन्’ ।
शुक्रबार मध्यरातमा सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेर कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन् । ‘त्यसलाई असंवैधानिक भनेको विपक्षी गठबन्धनले धारा ७६ (५) अनुसारको प्रधानमन्त्रीमा देउवाको दावी वैधानिक रहेको भन्दै दाबीमा समर्थन गरेका सांसदको हस्ताक्षरसहित रिट तयार पारेका छन्’ ।
रिटमा तीन माग छन्
१. संसद विघटन गर्न सिफारिस गर्ने मन्त्रिपरिषको निर्णय खारेज
२. संसद अधिवेशनको मिति तोक्नुपर्ने
३. संविधानको धारा ७६(५) अनुसार शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश ।
जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षले पार्टीका कुनै सदस्य प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा गए पार्टीबाट निष्कासन गर्ने चेतावनी दिएको छ’ ।
बहुमत कार्यकारिणी समिति सदस्यहरुको दुई दिनसम्म चलेको बैठकले पार्टीको नीति, सिद्धान्त, विचार, विधान र कार्यदिशा विपरित गतिविधि गर्दै हिंडेको भन्दै अध्यक्ष महन्थ ठाकुरका साथै’ राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई स्पष्टीकरण सोधेको छ ।
साथै प्रतिगमनकारी ओली सरकारमा पार्टीको कुनै सदस्य सामेल भएमा पार्टीबाट स्वतः निष्कासित हुने प्रष्ट पारिएको छ,’ प्रचार विभाग प्रमुख डम्बर खतिवडाद्वारा जारी विज्ञप्तिमा भनिएको छ’ ।
प्रकाशित मिति २०७८ जेठ १० गते सोमबार ०२:२८