चीनबाट आउने भयो १० लाख डोज कोरोना खोप

चीनबाट आउने भयो १० लाख डोज कोरोना खोप

छाँयापाटी

@छाँयापाटी

२०७८ जेठ १२ गते बुधबार ०६:५९

काठमाडौं । कोरोना महामारी रोकथामका लागि मित्रराष्ट्र चीनले नेपाललाई १० लाख डोज कोरोना खोप उपलब्त्र गराउने भएको छ । बुधबार नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ समकक्षी सी चिफिङबीच भएको संवादपछि चीनले नेपाललाई १० लाख...

काठमाडौं । कोरोना महामारी रोकथामका लागि मित्रराष्ट्र चीनले नेपाललाई १० लाख डोज कोरोना खोप उपलब्त्र गराउने भएको छ । बुधबार नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ समकक्षी सी चिफिङबीच भएको संवादपछि चीनले नेपाललाई १० लाख डोज कोरोना खोप उपलब्ध गराउने भएको थियो ।

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले दुई देशका राष्ट्रपतिबीच भएको संवादपछि चीनले नेपाललाई अनुदानस्वरुप १० लाख डोज कोरोना खोप उपलब्ध गराउने घोषणा गरेकी छन् ।

यसअघि चीनले नेपाललाई ८ लाख डोज भेरोसेल खोप अनुदानमा दिइसकेको छ ।यसैगरी मंगलबार भारतका समकक्षी रामनाथ कोविन्दलाई पत्राचारमार्फत बाँकी १० लाख डोज कोरोना खोप उपलब्ध गराउन राष्ट्रपति भण्डारीले आग्रह गर्नुभएको छ ।

पहिलो चरणअन्तर्गत भारत सरकारले नेपाल सरकारलाई १० लाख खोप अनुदानमा उपलब्ध गराइसकेको छ भने बाँकी १० लाख खोप डोज भारतबाट ल्याउन बाँकी रहेको छ ।

साथै, चीनबाट उपलब्ध गराइएको ८ लाख डोज कोरोना खोपका लागि राष्ट्रपति भण्डारीले राष्ट्रपति सीलाई विशेष धन्यवाद दिनुभएको छ ।साथै, यस्तो महामारीको बेला पहिला भारत वा चीनबाट कोरोना खोप आउँला ? भारत र चीन दुवैले नेपाललाई सहयोग गर्ने बचन भने दिएका छन् ।

पाँचखाल नगरपालिकाले कोभिड–१९ विरुद्धको खोप खरीदका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग स्वीकृति मागेको छ । नगरले आफ्ना नागरिकका लागि ४० हजार डोज खोप आफैं खरीद गर्ने जनाउँदै मन्त्रालयसँग मङ्गलबार पत्राचार गरी स्वीकृति मागेको नगरप्रमुख महेश खरेलले बताउनुभयो ।

नगरस्थित कोभिड व्यवस्थापन समिमिको बैठकले खोप खरीद स्वीकृति माग गरेको हो । नगरप्रमुख खरेलका अनुसार मन्त्रालयले स्वीकृति दिए लगत्तै प्रक्रिया थालेर जेठ महिनाभित्रै आवश्यक खोप पाँचखालमा ल्याइनेछ । खोप खरीदका लागि प्रतिडोज नेपाली रुपैयाँमा दर निर्धारणको मागसमेत पत्रमा गरिएको छ ।

नगरमा १८ वर्ष माथिका करिब २० हजार नागरिक रहेकाले पहिलो र दोस्रो डोजका लागि ४० हजार डोज खोप खरीद गर्नुपर्ने छ । उहाँले भन्नुभयो, “नागरिककलाई बचाउन विकास बजेट काटेर भएपनि जसरीनै खोप किन्नैपर्ने आवश्यकता भैसक्यो । मन्त्रालयसँग यसबारे फलोअप पनि भइरहेको छ ।

पाँचखालमा कोभिडविरुद्धका ‘फ्रन्टलाइन’का स्वास्थ्यकर्मी तथा कर्मचारीले भने दुवै चरणका खोप लगाइसकेका छन् । पाँचखालमा कोरोनाको दोस्रो लहर शुरुपछि हाल १७७ पुरुषसहित ३२६ सक्रिय कोरोना सङक्रमित छन् भने चारले ज्यान गुमाइसकेका छन् । जसमध्ये नगरको आइसोलेसनमा ७,

अस्पताल आइसोलेसनमा २ र होम आइसोलेसनमा १२३ सङ्क्रमित रहेका छन् । नगरप्रमुख खरेलले नगरका कोरोना सङ्क्रमित अति विपन्न नागरिकलाई उपचार खर्चवापत हालैमात्र रु दश हजार घोषणा गर्नुभएको छ भने आफ्नो नीजि गाडीसहित नगरका अन्य तीन गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्न सहमति दिनुभएको छ ।का छन् ।

प्रकाशित मिति २०७८ जेठ १२ गते बुधबार ०६:५९
प्रतिक्रियाहरु