मोरङ -: अपाङ्गता भएकाहरूले पनि अवसर र सीप पाएको खण्डमा जे पनि गर्न सक्छन् भन्ने उदाहरणका रूपमा लिन सकिन्छ,मोरङ उर्लाबारीका एक नेत्रहीन राई दम्पतीलाई । उर्लाबारी(२ का ३८ वर्षीय राजकुमार राई र ४२ वर्षीया इन्दिरा राई सबलाङ्गहरूलाई...
मोरङ -: अपाङ्गता भएकाहरूले पनि अवसर र सीप पाएको खण्डमा जे पनि गर्न सक्छन् भन्ने उदाहरणका रूपमा लिन सकिन्छ,मोरङ उर्लाबारीका एक नेत्रहीन राई दम्पतीलाई । उर्लाबारी(२ का ३८ वर्षीय राजकुमार राई र ४२ वर्षीया इन्दिरा राई सबलाङ्गहरूलाई चुनौती दिँदै मुढा बुनेर उदाहरणीय व्यवसायी बनेका हुन् ।
प्लान नेपालको सहयोगमा नेत्रहीन संघ, मोरङले तालिम दिएपछि उनीहरूले व्यावसायिक रूपमा मुढा बनाउने काम गर्दै आएका छन् । आफन्तको जग्गामा बस्दै आएका उनीहरू मासिक रूपमा ३० भन्दा बढी मुढा बनाएर स्थानीय बजारमा आफै बेच्न पुग्छन् । मुढा बुनिरहेको अवस्थामा भेटिएका उनीहरूले यही पेसाबाट दुःखसुख खान पुगेको धारणा व्यक्त गरे ।
उनीहरूले मासिक रूपमा ५ हजार बराबरका मुढा बेच्ने गरेका छन् । राजकुमार राईले भने दुवै जनाले काम गर्ने हो भने त हप्तामा १२÷१३ वटा मुढा बनाउन सकिन्थ्यो तर के गर्नु एक जनालाई घरको काम गर्दै फुर्सद हुँदैन । राजकुमार राईले ८÷१० वर्षको उमेरसम्म आँखा देखे पनि पछि आँखा देख्न छोडेको बताए । उमेर बढ्दै जाँदा मेरा आँखाले काम गरेनन् । के गर्नु समयमै उपचार गरेको भए संसार देख्न पाइन्थ्यो कि ? उनले दुःख पोखे—२०५६ सालमा संखुवासभाको खाँदबारीबाट मधेस झरियो । त्यतिबेला अस्पतालमा देखाउँदा धेरै ढिलो भैसकेको रहेछ । इन्दिरा राईको व्यथा भने अर्कै छ । उनको १ वर्षकै उमेरमा आँखाको ज्योति गुमेको थियोे । राई दम्पतीको भेट तालिमको सिलसिलामा भएको रहेछ ।
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल[email protected]
फोन – ०२१-५४०२२७