विवेकशील पार्टीका संस्थापक उज्वल थापा रहेनन्

विवेकशील पार्टीका संस्थापक उज्वल थापा रहेनन्

छाँयापाटी

@छाँयापाटी

२०७८ जेठ १८ गते मङ्गलबार ०६:१८

काठमाडौँ -:  विवकेशील साझा पार्टीका नेता उज्ज्वल थापाको निधन भएको छ । विवेकशील अभियान तथा विवेकशील नेपाली दलका संस्थापक उनको मंगलबार अपरान्ह ४ बजेर २५ मिनेटमा उपचारको क्रममा मेडिसिटी अस्पतालमा निधन भएको विवेकशील साझा पार्टीका...

काठमाडौँ -:  विवकेशील साझा पार्टीका नेता उज्ज्वल थापाको निधन भएको छ । विवेकशील अभियान तथा विवेकशील नेपाली दलका संस्थापक उनको मंगलबार अपरान्ह ४ बजेर २५ मिनेटमा उपचारको क्रममा मेडिसिटी अस्पतालमा निधन भएको विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले बताए ।

केहीदिनअघि कोरोना संक्रमण भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।विवेकशील साझा पार्टीका पूर्व संयोजक रहेका ४४ वर्षीय थापा सामाजिक उत्प्रेरकका रुपमा समेत चिनिन्छन् ।

कोरोना संक्रमण भएपछि उपचारका लागि अस्पताल भर्ना भएपनि अन्तिम पटक गरिएको परीक्षणमा नतिजा नेगेटिभ आएको थियो ।बुढानिलकण्ठ स्कुलबाट उच्च शिक्षा हासिल गरेका उनी खगोल तथा भोतिक विज्ञान अध्ययनका लागि भनेर अमेरिका गएका थिए ‘।

विवेकशील साझा दलका नेता उज्वल थापाको निधन भएको छ ।’ उनको उपचारका क्रममा मंगलबार अपराहृन ४ बजेर २५ मिनेटमा निधन भएको हो ।

उपचारका क्रममा थापाको निधन भएको साझा विवेकशील पार्टीका अध्यक्ष मिलन पाण्डेले जानकारी दिएका छन् । थापाको मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो । सोमबार (हिजो) थापाको कोरोना रिपोर्ट नेभेटिभ आए पनि स्वास्थ्य अवस्था गम्भीर भएको थियो । उनको भेन्टिलेटर र इक्मो विधिबाट उपचार भइरहेको थियो’ ।

कोभिड संक्रमण भई केहीदिनदेखि थापा ह्याम्स अस्पतालमा भर्ना भएका थिए । ह्याम्सबाट उनलाई ग्रान्डी अस्पताल रेफर गरेको थियो ‘। थप स्वास्थ्य अवस्था जटिल भएपछि उनलाई जेठ १४ गते नेपाल मेडिसिटी अस्पताल भर्ना गरिएको थियो ‘।

प्रकाशित मिति २०७८ जेठ १८ गते मङ्गलबार ०६:१८
प्रतिक्रियाहरु