जनकपुरधाम : प्रदेश २ का प्रमुख डा. राजेश झा ‘अहिराज’ले नागरिकतामा कडाई नगरे दुईटा निर्वाचनपछि देश नेपालीको हातमा नरहने औल्याएका छन् ।
एक टिमीमा अन्तरवार्ता दिँदै प्रमुख प्रमुख झाले नागरिकता वितरणमा कडाइ गर्नुपर्ने धारणा राखेका हुन् ।’ जनसिद्ध नागरिकलाई बंशज नागरिकता दिने सरकारको निर्णयको उनले विरोध गरेका छन् ‘। सहज तरिकाले जीमेल, फेसबुक र ट्वीटरको एकाउन्ट बनाउन पाएजस्तो सहज रुपले नागरिकता वितरण गर्न नहुने उनको तर्क छ ।
नागरिकता जानकी मन्दिर र पशुपतिनाथ मन्दिरमा लाइन लागेर पाइने कुरा नभएको उनको भनाई छ । उनले यहाँका बंशजहरु एकजुट हुनुपर्नेमा जोड दिएका छन् ।
नागरिकता अध्यादेशवारे आजै सर्वोच्चको आदेश
मधेसी दललाई फुटाउन सरकारले हालै जारी गरेको नागरिकतासम्बन्धी अध्यादेशविरुद्ध आज सर्वाेच्चको संवैधानिक इजलाशमा सुनुवाई हुन लागेको छ’ ।
अध्यादेशबिरुद्ध वरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्कीसहित अधिवक्ताहरु विष्णुकुमारी गिरी,रामबहादुर शाही,कुलबहादुर बोगटी,बीरभद्र जोशी र मौलिक जरोकिलो पार्टीका तर्फबाट सो पार्टीका उपमहासचिव लक्ष्मण पोखरेलसमेतको ६ वटा रिट दायर भएको थियो’ ।
सो रिटउपर सुनुवाई गर्न प्रधानन्यायधीश चोलेन्द्रसमशेर ‘राणाले आज संवैधानिक इजलाश गर्नुभएको छ ।विगतका तीतोबाट पाठ सिकेर यस पटक आफूसहित वरिष्ठ न्यायाधीशहरुलाई रोलक्रम अनुसार इजलाशमा समेटिएको छ ‘।
नागरिकता अध्यादेशविरुद्ध रिट सुनुवाई गर्ने रोलक्रमअनुसार राणासहित दीपकुमार कार्की,मीरा खड्का,हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडालाई समेटिनुभएको छ ।

अदालत श्रोतका अनुसार,बरियताक्रममा हरिकृष्ण कार्कीपछि रहनुभएका विश्वम्भरप्रसाद श्रेष्ठ कन्ट्याक्ट ट्रेसिङमा परी होम आइसोलेसनमा रहेका कारण उहाँका ठाउँमा रोलक्रमअनुसार उहाँपछि रहनुभएका ईश्वरप्रसाद खतिवडालाई समेटिएको हो ।
यता आजै सर्वाेच्चमा फुल कोर्ट बस्दै छ । ‘संवैधानिक इजलाशसम्बन्धी नियमावली ०७२ संशोधन गर्न सबै न्यायाधीश बस्ने कार्यक्रम तय भएको हो ।
प्रकाशित मिति २०७८ जेठ २१ गते शुक्रबार ०१:०१