१ जेठ, काठमाडौं -: प्रधानमन्त्री केपी शर्मा ओलीले हाल मन्त्रिपरिषदमा रहेका चार मन्त्री बाहेक सबैलाई हटाउने भएका छन्’ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेल, कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठ, शिक्षा तथा विज्ञान प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ र भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्वाङ बाहेक सबै मन्त्री बाहिरिने भएका ओली निकट स्रोतले जानकारी दिएको छ ‘।
प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टी (जसपा) का ८ जना मन्त्री र दुई राज्यमन्त्री तथा एमालेका दुई मन्त्रीलाई शपथ गराउने तयारी गरेका छन् ‘।
एमालेबाट उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीको जिम्मा रघुवीर महासेठले पाउने भएका छन् । ‘शेरबहादुर तामाङले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् ‘।प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्दा उपप्रधानमन्त्री ईश्वर पोखरेल बाहिरिने भएका छन् ।
उनीसँगै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली पनि बाहिरिने भएका प्रधानमन्त्री निकट स्रोतले बताएको छ ‘।अब परराष्ट्र मन्त्रालयको जिम्मा एमालेका रघुबीर महासेठले पाउनेछन् । ‘
उनी उपप्रधानमन्त्रीको हैसियतमा मन्त्रिपरिषदमा सहभागी हुनेछन् । यस्तै अर्थमन्त्री विष्णुप्रसाद पौडेल पनि उपप्रधानमन्त्री बन्ने भएका छन् ।
प्रकाशित मिति २०७८ जेठ २१ गते शुक्रबार ०७:०३