काठमाडौँ -: भारतका लागि कम्फर्टेबल सरकार बनाउने अभियानमा लागेर पनि सफलता प्राप्त गर्न नसकेको नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको उपप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी नेता राजेन्द्र महतोको अभपव्यक्तिमा मौन समर्थन देखिएको छ ।
विगत २४ घण्टादेचि चर्चामा रहेर हजारौँले चर्को निन्दा गरिरहेको अभिव्यक्तिको विषयमा कांग्रेस र माओवादी शनिबार जारी गरेको विज्ञप्ति मार्फत बोलेनन् । यसले दुबै पार्टीको मौन समर्थन रहेको देखिएको छ । महतोले नेपाल राज्य विघटन गरी बहुल राज्य बनाउनका लागि आन्दोलन गर्ने बताएका छन ।
उनले उपप्रधानमन्त्रीको पदभार ग्रहण गर्ने बेलामा र शनिबार गरेर दुइ पटक उक्त अभिव्यक्ति दिएका छन । उक्त अभिव्यक्तिमा धेरैले ओलोचना र निन्दा गरेका छन । तर कांग्रेस र माओवादीले एमालेबाट निकालिएका माधवकुमार नेपालको समेत हस्ताक्षर गरेर जारी गरेको विज्ञप्तिमा यसको विषमाय चुँ पनि बोलिएको छैन । संयुक्त विज्ञप्ति तल हेर्न सक्नुहुन्छ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बहुराज्य माओवादी केन्द्रको नीति रहेको बताउनुभएको छ । उपप्रधानमन्त्री राजेन्द्र महतोको बहुराज्यबारेको टिप्पणी विवादित भैरहेको समयमा मुख्यमन्त्री पोखरेलले यस्तो बताउनुभएको हो ।
उहाँले माओवादी केन्द्रको बहुराज्यको नीति परिवर्तन भए जसपाको पनि बदलिने बताउनुभएको छ । उहाँले भन्नुभएको छ ‘जसपाका कतिपय नीतिसंग हाम्रा विमती हिजो पनि थिए र आज पनि छन नै ।
आज जुन कुराको तिव्र विरोध भइरहेको छ, हिजो त्यो माओवादी केन्द्रको नीति हो । आज माओवादी केन्द्रको उक्त नीति वदलिएको हो भने जसपाको पनि अवश्य वदलिनेछ । तर राष्ट्र र राज्यका वारेमा हामी हिजो पनि स्पष्ट थियौ र आज पनि स्पष्ट नै छौ ।
प्रकाशित मिति २०७८ जेठ २३ गते आईतबार ०८:३५