ओली सरकारले आज सात मन्त्री थपिँदै, आजै शपथ,को को बन्दै छन् त?नाम सहित

ओली सरकारले आज सात मन्त्री थपिँदै, आजै शपथ,को को बन्दै छन् त?नाम सहित

छाँयापाटी

@छाँयापाटी

२०७८ जेठ २७ गते बिहिबार १२:०६

काठमाडौं, जेठ २७- प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका छन्।रिक्त रहेका सात मन्त्रालयमा आज मन्त्री नियुक्तिको तयारी भएको प्रधानमन्त्रीनिकट नेताहरुले बताएका छन्। स्रोतका अनुसार आज साँझ मन्त्रीहरुको...

काठमाडौं, जेठ २७- प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका छन्।रिक्त रहेका सात मन्त्रालयमा आज मन्त्री नियुक्तिको तयारी भएको प्रधानमन्त्रीनिकट नेताहरुले बताएका छन्।

स्रोतका अनुसार आज साँझ मन्त्रीहरुको शपथ गराउने सम्भावना रहेको छ।आजै मन्त्रीमण्डल विस्तार हुँदैछ र साँझ शपथ गर्ने योजना छ,’ स्रोतले नेपालखबरसँग भन्यो।

शुक्रबार प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टी (जसपा)का महन्थ ठाकुर–राजेन्द्र महतो पक्षका १० जनालाई मन्त्री बनाएका थिए।

बाँकी रहेका मन्त्रालयमा गृहमा खगराज अधिकारी र महेश बस्नेतको चर्चा छ।सर्वाेच्च अदालतले सांसद नभएकालाई मन्त्री बनाएको भन्दै परेको रिटमाथि अन्तरिम आदेश दिएर तत्काल काम नगर्न निर्देशन दिएपछि मन्त्री बनेका पूर्वमाओवादी नेताहरु ७ जना पदमुक्त भएका थिए।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज ७ मन्त्री र एक राज्यमन्त्री नियुक्त गर्दैछन्।उनले गृहमन्त्रीमा खगराज अधिकारी र रक्षामन्त्रीमा नैनकला थापालाई नियुक्त गर्दैछन्।

गृहमा खगराज अधिकारी
नैनकला थापा, सञ्चार
वन नारदमनि राना
ज्वालाकुमारी शाह, कृषि
जसपाको राजकिशोर यादव उद्योग
गणेश पहाडी, सामान्य प्रशासन मन्त्री
प्रधानमन्त्री आँफै
मोहन बाँनिया, प्रधानमन्त्री कार्यालय रहनेगरी
बन राज्य, आशा विक

 

प्रकाशित मिति २०७८ जेठ २७ गते बिहिबार १२:०६
प्रतिक्रियाहरु