निर्वाचन आयोग सरकारको कठपुतली भयो – प्रवक्ता नारायणकाजी

निर्वाचन आयोग सरकारको कठपुतली भयो – प्रवक्ता नारायणकाजी

छाँयापाटी

@छाँयापाटी

२०७८ असार १ गते मङ्गलबार ०१:२४

काठमाडौं : नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले निर्वाचन आयोग सरकारको कठपुतली भएको आरोप लगाएका छन्'। मंगलबार फेसबुकमा उनले निर्वाचन आयोग सरकारको कठपुतली भई कानुन र लोकतन्त्रको धज्जी उडाउने काम गरिरहेको दाबी...

काठमाडौं : नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले निर्वाचन आयोग सरकारको कठपुतली भएको आरोप लगाएका छन्’। मंगलबार फेसबुकमा उनले निर्वाचन आयोग सरकारको कठपुतली भई कानुन र लोकतन्त्रको धज्जी उडाउने काम गरिरहेको दाबी गरेका हुन्।

संवैधानिक आयोगको यस्तो कार्य लज्जास्पद र भर्त्सनायोग्य भएको उनको टिप्पणी छ। श्रेष्ठले अहिलेको राजनीतिक अस्थिरता र संकटको कारण निर्वाचन आयोग भएको बताएका छन्’। उनले लेखेका छन्,‘जसपा बारेको पछिल्लो निर्णयमा यो स्पष्ट भएको छ।’ नेकपाको बारेमा पनि यस्तै गरिएको थियो। अहिलेको राजनीतिक अस्थिरता र संकटको कारण त्यो पनि पनि हो।

राजनीतिक पार्टीहरुले पनि आफ्नो प्रत्यक्ष स्वार्थ वा हितसँग नजोडिदासम्म नबोल्ने वा तमासे बन्ने स्थिति अन्त्य गर्नुपर्ने उनले बताएका छन्। लोकतन्त्र पक्षधर सबै मिलेर संवैधानिक अङ्गको गलत कार्यलाई समयमै रोक्नुपर्ने उनको धारणा छ’।

निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) मा दुवै पक्षले गरेका कारबाहीलाई ‘ कानुनसम्मत नदेखिएको’ भन्दै अमान्य घोषित गरिदिएको छ।’ आयोगले दुई अध्यक्षसहित पुरानै पदाधिकारी कायम रहने आइतबार फैसला दिएको थियो।

अध्यक्ष महन्थ ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादवले पार्टी विधानविपरीत गतिविधि गरेको भन्दै साधारण सदस्यसमेत नरहने गरी एक–अर्का पक्षलाई कारबाही ‘ गरेका थिए। दुवै पक्षले कारबाही गरिएको जानकारी दिँदै राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ बमोजिम अध्यावधिक गर्न आयोगलाई पत्र पठाएका थिए।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र आयुक्तहरू जानकीकुमारी तुलाधर, रामप्रसाद भण्डारी र ईश्वरीप्रसाद पौड्यालको संयुक्त निर्णयमा जसपाका दुवै पक्षको निवेदनलाई खारेज गरिदिएको हो।

एक वर्षअघि राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजबादी पार्टी (सपा)बीच एकीकरण भएर जसपा पार्टी बनेको थियो।’ एकतापछि ठाकुर र यादव गरी दुई अध्यक्ष रहने व्यवस्था गरिएको थियो भने डा.भट्टराईलाई संघीय परिषद्को अध्यक्ष बनाइएको थियो।’ठाकुर–महतो पक्ष वर्तमान केपी शर्मा ओलीको सरकारमा समावेश भइसकेको छ।

वर्तमान सरकारमा ठाकुर–महतो पक्षको उपप्रधानमन्त्रीसहित ११ जना मन्त्रीले प्रतिनिधित्व गरेका छन्। भट्टराई–यादव पक्ष भने विपक्षी गठबन्धनमा सहभागी छ।’भट्टराई–यादव पक्षले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्च अदालतमा रिट निवेदन दिएको छ।

प्रकाशित मिति २०७८ असार १ गते मङ्गलबार ०१:२४
प्रतिक्रियाहरु