अझै टरेन संकट बखानमा मेलम्ची थुनिएर लियाे विनाशको रूप

अझै टरेन संकट बखानमा मेलम्ची थुनिएर लियाे विनाशको रूप

छाँयापाटी

@छाँयापाटी

२०७८ असार ३ गते बिहिबार ०८:१८

काठमाडौँ -:  लगातार प्राकृतिक विपत्ति भोगिरहेको सिन्धुपाल्चोकमा मनसुन सुरु भएको पहिलो दिन नै प्राकृतिक विपत्तिबाट ठूलो जनधनको क्षति भएको छ ।' २०७१ सालदेखि लगातार प्राकृतिक विपत्तिको सामना गर्दै आएको सिन्धुपाल्चोकले यो वर्षको...

काठमाडौँ -:  लगातार प्राकृतिक विपत्ति भोगिरहेको सिन्धुपाल्चोकमा मनसुन सुरु भएको पहिलो दिन नै प्राकृतिक विपत्तिबाट ठूलो जनधनको क्षति भएको छ ।’ २०७१ सालदेखि लगातार प्राकृतिक विपत्तिको सामना गर्दै आएको सिन्धुपाल्चोकले यो वर्षको १ असारमा नै ठूलो विपत्तिको सामना गर्नुपरेको छ ।

मंगलबार बेलुकी हेलम्बु गाउँपालिकाको ‘बखान’ भन्ने स्थानमा ठूलो पहिरो गएपछि मेलम्ची नदी थुनिएको थियो ।’ थुनिएको नदी खुलेपछि नदीले विनाश रूप धारण गर्दै क्षति बनाएको थियो’ ।

मेलम्ची खानेपानी आयोजनाको अम्बाथानमा रहेको ड्यामभन्दा माथिबाट आएको पहिरोले मेलम्ची नदी थुनेको देखियो,हेलिकोप्टरबाट पहिरो स्थलमा पुगेका नेपाली सेना गोरख बक्स गणका प्रमुख निर्मलकुमार श्रेष्ठले भने,त्यही पहिरोले नै तल्लो तटीय क्षेत्रमा क्षति भएको देखियो ‘।

पहिरोपछि आएको बाढीले मानवीय क्षतिको यकिन विवरण प्राप्त नभए पनि केही बेपत्ता छन् ।’ सात जनाको शव भेटिएको छ ‘। हेलम्बु २ का माधव भण्डारी, गणेश ज्योति, हेलम्बु ३ की टिकामाया खड्का, हेलम्बु ६ का च्यामा तामाङ, उनकी पत्नी, ७ का ज्ञानेन्द्र कक्षपति र सुरेन्द्र नेपालको मेलम्ची बाढ मा परेर निधन भएको छ । ‘याे खबर राजधानी दैनिकमा छ’ ।

प्रकाशित मिति २०७८ असार ३ गते बिहिबार ०८:१८
प्रतिक्रियाहरु