काठमाडौं आसर ८ – नेकपा एमालेका युवा नेता एवम् सांसद महेश बस्नेतले माओवादी केन्द्रका अध्यक्ष पुष्पकहल दाहाल ‘प्रचण्ड’को सेटिङमा सर्वोच्च अदालतको फैसला आएको त होइन भन्दै प्रश्न गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै नेता बस्नेतले प्रचण्डले हिजो आफूले विशेष सूचना प्राप्त गरेको भनेर बोल्न र आज सर्वोच्च अदालतले मन्त्रिपरिषद विस्तारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिनुले सेटिङ भएको हुनसक्ने जनाएका हुन् ।
नेता बस्नेतले भनेका छन्–‘यो फैसला पछाडि आम रुपमा के प्रश्न उठेको छ भने । अदालतका फैसलाहरु कि सेटिङ्गमा हुने गर्दछन, कि न्यायलयहरुले संभाब्य फैसलाको पूर्व अनुमान खास ठाउँमा दिने गर्दछन्। कि प्रचण्डको भबिष्यबाणी काग कराउनु कुखुरा हराउनु भएको हो। जे भए पनि न्यायालयको बारेमा जे भैरहेको छ ठीक भैरहेको छैन।’
मन्त्रीहरुलाई बधाई दिन पुगेकाले नै बिदाई गरेर फर्किए
प्रधानमन्त्री केपी शर्मा ओलीले बनाएका नयाँ मन्त्रीहरु सिंहदरबार र मन्त्रि क्वार्टरमा बधाई खाइरहेका थिए । मन्त्री नियुक्त भएको दिन देखि आज अपरान्हसम्म उनीहरु शुभेच्छुक र कार्यकर्ताको बधाईको माला र खादा लगाइरहेका थिए ।
सिंहदरबारमा मन्त्रीहरुलाई खादा र माला लिएर बधाई दिन जानेहरुको भीड देखिन्थ्यो । निषेधाज्ञा केही खुकुलो भएकाले पनि शुभेच्छुकको भीड लागेको थियो । मन्त्री क्वार्टरमा पनि आज भीड लागेको थियो ।
अपरान्ह अकस्मात् सर्वोच्च अदालतको अन्तरिम आदेशले विस्तारित मन्त्रिमण्डलमा थपिएका २० जनालाई पदमुक्त गर्ने अवस्था बनायो । सिंहदरबारमा खबर फैलियो । मन्त्रीहरुलाई बधाई दिन पुगेकाहरु बिधाई गरेर फर्किए ।
मन्त्रीहरु निन्याउरो अनुहार लगाएर सिंहदरबारबाट निस्किए । मन्त्री क्वार्टरमा झिटिगुन्टासहित छिरेको केही दिनमै निस्कनुपर्ने भएको छ ।रोचक पक्ष यो छ कि सरकारमा चारजना मात्र मन्त्री रहेका छन् । मन्त्री क्वार्टरमा अब ४ जना मात्र मन्त्री बस्ने भएका छन् ।
प्रकाशित मिति २०७८ असार ८ गते मङ्गलबार १०:१९