काठमाडौँ १० असार, - संविधानविद् तथा वरिष्ठ अधिवक्ता डा। भीमार्जुन आचार्यले २० मन्त्रीको जागिर खोस्ने सर्वोच्चको अन्तरिमत आदेशले ६ महिनाभित्र जसरी पनि प्रतिनिधिसभाको निर्वाचन गर भन्ने संकेत समेत गरेको बताउनुभएको छ ।
अदालतको...
काठमाडौँ १० असार, – संविधानविद् तथा वरिष्ठ अधिवक्ता डा। भीमार्जुन आचार्यले २० मन्त्रीको जागिर खोस्ने सर्वोच्चको अन्तरिमत आदेशले ६ महिनाभित्र जसरी पनि प्रतिनिधिसभाको निर्वाचन गर भन्ने संकेत समेत गरेको बताउनुभएको छ ।
अदालतको आदेशपछि प्रतिक्रिया दिँदै उहाँले भन्नुयभो, ‘सर्वोच्चको आदेशले अर्को कुरा पनि संकेत गरेको छ ।अब अहिलेका मन्त्रीहरू नरहने हो र साविकको पुरानो ५ जनाको मात्रै मन्त्रिपरिषद् रहने हो भने ६ महिनाभित्र प्रतिनिधि सभाको चुनाव यो सरकारले जसरी पनि गर्नुपर्छ भन्ने कुराको संकेत पनि देखिन्छ ।
उहाँले ६ महिनामा यो सरकारले चुनाव गराउन सकेन भने अर्को संवैधानिक संकट उत्पन्न हुने खतरा बढेको पनि बताउनुभयो । उहाँले राजनीतिक विषयमाथि न्यायालय हावी हुन खोजेको रूपमा यस आदेशलाई लिनुपर्ने बताउनुभयो ।उहाँले राजनीतिमाथि न्यायालयको वर्चस्व बढ्दै जानुलाई सकारात्मक मान्न नसकिने बताउनुभयो ।
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल-aaryavaaravi@gmail.com
फोन – ०२१-५४०२२७