काठमाडौँ -: प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई लोकतन्त्रवादी भन्नेहरू नै राष्ट्रपतिमाथि जथाभावी टीकाटिप्पणी र गालीगलौज गर्ने कार्यमा सक्रिय भएको भन्दै असन्तुष्टि जनाएका छन् ।
प्रधानमन्त्री ओलीले गणतन्त्रप्रति वैरभाव...
काठमाडौँ -: प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई लोकतन्त्रवादी भन्नेहरू नै राष्ट्रपतिमाथि जथाभावी टीकाटिप्पणी र गालीगलौज गर्ने कार्यमा सक्रिय भएको भन्दै असन्तुष्टि जनाएका छन् ।
प्रधानमन्त्री ओलीले गणतन्त्रप्रति वैरभाव राख्ने र समाजलाई अमर्यादित बनाउने तत्वहरू राष्ट्रपतिलाई गाली गर्न र चिर्थोर्ने कार्यमा अग्रसर भइरहेको आरोप लगाए ।
शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले राष्ट्रपतिलाई गाली गर्ने प्रतिस्पर्धा चल्नु दुर्भाग्यपूर्ण र खेदजनक भएको बताए । प्रधानमन्त्री ओलीले भने, ‘अहिले राष्ट्रपतिलाई चिथोर्ने कम्पिटिसन चलेको छ ।
जसले राष्ट्रपतिलाई गाली गर्न सक्यो, मुख छाड्न सक्यो, त्यो ठूलो हुने कम्पिटिसन छ ।प्रधानमन्त्री ओलीले केही भुतपूर्वहरूको लस्करले मिट द प्रेस गरेर राष्ट्रपतिलाई गाली गर्दै राष्ट्रपतिभन्दा राजा राम्रो भन्नु आपत्तिजनक भएको बताए ।
प्रधानमन्त्री ओलीले नेपालको राजनीतिमा विगतमा पनि बाह्य हस्तक्षेप हुने गरेको बताउँदै राजनीतिलाई सही ढंगले चल्न नदिँदा त्यस्ता समस्या देखिने गरेको जनाए । यो समाचार आजको राजधानी दैनिकमा छ ।
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल[email protected]
फोन – ०२१-५४०२२७