मध्यावधि निर्वाचन भएरै छाड्छ, मास्क खोलेर भोट हाल्ने वातावरण बनाउछौं : गृहमन्त्री पौडेल

मध्यावधि निर्वाचन भएरै छाड्छ, मास्क खोलेर भोट हाल्ने वातावरण बनाउछौं : गृहमन्त्री पौडेल

छाँयापाटी

@छाँयापाटी

२०७८ असार १२ गते शनिवार ०४:२०

काठमाडौं -: गृहमन्त्री विष्णु प्रसाद पौडेलले मध्यावधि निर्वाचन भएरै छाड्ने दावी गर्नु भएको छ ।' शनिबार गृह जिल्ला रुपन्देही पुग्नु भएका गृहमन्त्री पौडेलले मुलुकको वर्तमान समस्याको समाधान गर्न निर्वाचनको विकल्प नरहेको जिकीर गर्नुभयो...

काठमाडौं -: गृहमन्त्री विष्णु प्रसाद पौडेलले मध्यावधि निर्वाचन भएरै छाड्ने दावी गर्नु भएको छ ।’ शनिबार गृह जिल्ला रुपन्देही पुग्नु भएका गृहमन्त्री पौडेलले मुलुकको वर्तमान समस्याको समाधान गर्न निर्वाचनको विकल्प नरहेको जिकीर गर्नुभयो । ।

प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले विश्वासको मत नपाएपछि अन्य दलहरुले वैकल्पिक सरकार निर्माण गर्न नसक्दा नै दोस्रो पल्ट संसद विघटन भएको उहाँको तर्क छ ।

लोकतन्त्रमा निर्वाचन मुख्य निचोड भएकोले अबको विकल्प ताजा जनादेश मात्रै भएको उहाँको भनाइ छ । ‘सरकारले यसअघिको निर्वाचनमा गरेको घोषणा अनुसार नै काम गरिरहेको पनि दावी गर्नुभयो ।

त्यसको वर्तमान सरकारले मुलुकमा नयाँ नयाँ बिकासका कामहरु गरिरहेको जिकिर गर्नु भयो । ‘उहाँले भन्नुभयो,सरकारले विकासका नयाँनयाँ काम गरिरहेको छ’ ।

चाहे पूर्वाधारको विकासका लागि होस् या चाहे मानव सूचकांकका हिसावले होस्, एकपछि अर्को राम्रो काम सरकारले गरिरहेको छ । हाम्रो कामाको अनुभूति सबैले गरिरहेका छन्।

मास्क खोलेर भोट हाल्ने वातावरण बनाउछौं

गृहमन्त्री पौडेलले निर्वाचन अघि सबै नागरिकले कोरोना भाइरसबिरुद्धको खोप प्राप्त गर्ने पनि दावी गर्नुभयो’ । उहाँले भोट हाल्न जाँदा सबै नागरिकहरुले मास्न खोलेर जान सक्ने वातावरण बनाउने उहाँले बताउनुभयो’ ।

कोरोना भाइरसबाट नागरिकहरुलाई बचाउने सरकारको प्रमुख कर्तव्य भएकोले छिटो भन्दा छिटो खोप ल्याउने प्रकृया भइरहेको बताउनु भयो’ ।

प्रकाशित मिति २०७८ असार १२ गते शनिवार ०४:२०
प्रतिक्रियाहरु