तनहुँ -: अविरल बर्षाले तनहुँमा वितण्डा मच्याएको छ ।; विभिन्न स्थानमा बाढी पहिरो गएको छ । जसका कारण जिल्लामा ठुलो मात्रामा धनजनको क्षति भएको छ । जिल्लाभर २ जनाको मृत्यु र ७ जना घाईते भएका छन् ।
केही घर पहिरोले पुरेको छ । सयौँ घर पहिरोको जोखिममा छन् । मृत्यु हुनेमा बदीपुर–२ तामुङका ७२ वर्षीय हरिमाया सार्की र ३० वर्षीय सरस्वती थापा छन् ।
पहिरोमा परी थापाका आफन्त ६६ वर्षीय दिलबहादुर थापामगर, ५८ वर्षीया दाउरीमाया थापामगर ‘र २६ वर्षीय सुवास थापा मगर घाइते भएका छन् । घाइतेहरुको दमौली अस्पतालमा सामान्य उपचार पश्चात पोखरा रिफर गरिएको छ ।
त्यस्तै जिल्लाकै व्यास नगरपालिकाको छाब्दी खोलामा आएको बाढीले पक्की पुल बगाइदिएको छ । व्यास १ र १३ जोड्ने पक्की पुल बाढीले बगाएका कारण आवतजावत ठप्प छ ‘। शुक्लागण्डकी नगरपालिका वडा नं ९ स्थित सिम्लेमा पहिरोले पुरिएका दुई जनाको जीवितै उद्धार गरिएको छ ।
एकै घरका हजुरआमा र नातिको उद्धार गरिएको वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले जानकारी दिए । ५५ वर्षीया खगिमाया भुजेल र १४ वर्षीय नाति विज्ञान भुजेलको जिवितै उद्धार गरि पोखरा स्थित गण्डकी मेडीकल कलेजमा उपचार गरिएको । ‘पहिरोले भुजेलका ९ बाख्रा र एक भँैसी मरेको छ ।
सोही वडाका टेक बहादुर महतको गोठ माथिबाट आएको पहिरोले १० बाख्रा र एक भैसी मरेको छ । ‘वडाअध्यक्ष रेग्मीका अनुसार यहाँका पाँच घर जोखिममा परेको छ । म्याग्दे गाँउपालिका वडा नं ५ मा पनि पहिरोमा परि बाबु छोरा घाईते भएका छन् ।
पाँच कोठाको ब्लकले बनेको घरमा माथिबाट खसेको पहिरोले लागि ४५ वर्षीय बुद्धिबहादुर परियार र उनका २५ वर्षीय छोरा रोजन परियार घाईते भएका हुन् ‘। दुबै जनाको भिमाद पोलिक्लिनिकमा उपचार भईरहेको छ ।
१२ घण्टापछि पृथ्वीराजमार्ग एकतर्फी सुचारु यता पहिरोले अवरुद्ध बनेको पृथ्वीराजमार्ग १२ घण्टापछि एकतर्फी सूचारु भएको छ । पृथ्वीराजमार्ग अन्तर्गत व्यास नगरपालिका–१२ छिर्कने, बन्दीपुर गाउँपालिका–१ चिसापानी, डुम्रे, बन्दीपुर गाउँपालिका–५ याम्पामा गएको पहिरोहरु हटाएर एकतर्फी सञ्चालनमा ल्याईएको जिल्ला प्रहरी कार्यालय तनहँुले जनाएको छ ‘।
सडकमा पहिरो गएपछि विहिबार बिहान २ः३० देखि विहीबार दिउँसो २ः३० बजे सम्म पृथ्वीराजमार्ग अबरुद्ध भएको र डोजरले पहिरो हटाएर सूचार गरिएको जिल्ला प्रहरी कार्यालय तनहँुका प्रवक्ता युवराज तिमिल्सेनाले जानकारी दिए’ ।
उनका अनुसार सहायक मार्गहरु डुम्रे–वेशीसहर र खैरेनीटार–भिमाद एवं बुद्धसिंह मार्गमा पनि पहिरालेले सडक अबरुद्ध भएको छ’ । डुम्रे वेशीसहर सडक खण्डमा भानु नगरपालिका–१ को भन्सार र वडा नम्बर ८ को पाँचसय फाँटमा पहिरो खसेकाले राजमार्ग अबरुद्ध भएको उनले बताए। ती स्थानमा पहिरोलाई डोजरले हटाउने काम भइरहेको छ’ ।
प्रकाशित मिति २०७८ असार १७ गते बिहिबार ०७:२७