काठमाडौ उपत्यकामा फेरी एकसाता निषेधाज्ञा थपिने

काठमाडौ उपत्यकामा फेरी  एकसाता निषेधाज्ञा थपिने

छाँयापाटी

@छाँयापाटी

२०७८ असार २० गते आईतबार १०:१०

काठमाडौं -: काठमाडौं उपत्यकाका तीन वटौ प्रमुख जिल्ला अधिकारीहरुले थप एक साता निषेधाज्ञा लम्क्याउने तयारी गरेका छन् । यथास्थितीमै खुकुलो बनाए कोरोना महामारी अझ फैलिन सक्ने भन्दै थप एक साता निषेधाज्ञा लम्ब्याउने तरायरी भइरहेको...

काठमाडौं -: काठमाडौं उपत्यकाका तीन वटौ प्रमुख जिल्ला अधिकारीहरुले थप एक साता निषेधाज्ञा लम्क्याउने तयारी गरेका छन् । यथास्थितीमै खुकुलो बनाए कोरोना महामारी अझ फैलिन सक्ने भन्दै थप एक साता निषेधाज्ञा लम्ब्याउने तरायरी भइरहेको बताइएको छ ।

निषेधाज्ञा लम्ब्याउने बारे आइतबार दिउसो काठमाडौं, ललितपुर र भक्तपुर गरि तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्ने भएको छ । यातायात व्यवसायीहरुले जोरबिजोर प्रणाली हटाउन माग गरे पनि सो बिषयमा प्रशासनले कुनै निर्णय गर्न सकेको छैन ।

तथापी अहिले थप्न लागिएको निषेधाज्ञामा यसअघि भन्दा केही खुकुलो बनाउने बारे छफफल भइरहेको बताइएको छ ।

यसअघिको प्रशासनको निर्णयमा खाद्यन्न तथा तरकारीका पसलहरु पूर्ण रुपमा संचालनका साथै २५ सिट माथिका सवारीसाधन जोरबिजोर प्रणाली मार्फत संचालन अनुमति दिइएको थियो ।

दोस्रो लहरको कोरोना महामारीले ठूलो अकार लिएपछि काठमाडौं उपत्यकामा गत बैशाख १६ गतेबाट निषेधाज्ञा जारी गरिएको थियो ।

प्रकाशित मिति २०७८ असार २० गते आईतबार १०:१०
प्रतिक्रियाहरु