केशब कटुवाल, दुबई- अहिले परि आएको विषम परिस्थिलाइ मध्यनजर गर्दै परदेश बाट देशमा सहयोग गर्ने सहयोगी मनहरु बढ्दै गएको देख्न सकिन्छ यस्तै संखुवासभा समाज युएईले संखुवासभाका कोभिड १९ आईसोलेशनका लागि स्वास्थ्य सामाग्री सहयोग गगरेको छ’ । समाजका पदाधिकारी लगायतबाट संकलन गरिएको १ लाख ३२ हजार रुपियाँ बराबर स्वास्थ्य सामाग्री सहयोग गरिएको हो ।
जिल्लाको आइसोलशेनको लागि सेनिटाईजर १ सय लिटर, सर्जिकल मास्क ५० बक्स, सर्जिकल ग्लोब्स ८० बक्स, के एन ९५ मास्क विथ फिल्टर ६०० थान र फेस शिल्ड ६० थान उपलब्ध गराएको समाजका सदस्य नबराज कार्कीले जानकारी दिए ‘।
तेस मध्ये तुम्लिङटार आइशोलेशन लाइ स्यानिटाईजर- ४० लिटर ,ग्लब्स- ४० बकस र सर्जिकल मास्क- १५ बक्स आइतबार हस्तान्तरण गरिएको थियो भने अरु’ बाँकि सामान चैनपुरको आइशोलेशनलाइ सोमबार चैनपुर नगरपालिकाका मेयर भरत कुमार खत्री मार्फत हस्तान्तरण गरिएको छ र यस्तो विषम परिस्थितिमा सहयोग गर्ने सबैप्रती मेयर खत्रीले धन्यवाद व्यक्त गरेका छन् ।
जुन सुकै परिस्थिमा पनि आफ्नो देश र जिल्लालाइ बासिलाइ सहयोग गर्न हामी संखुवासभा बासी तत्पर रहेको नबराज कार्कीले जिकिर गर्नुभयो भने समाजका ‘अध्यक्ष बलराम राईले सहयोगीहरुलाई धन्यवाद दिदै यस्तो समयमा आगामी दिनमा पनि सबैको साथ र’ सहयोग रहने बिस्वास गर्नु भएको छ।
प्रकाशित मिति २०७८ असार २१ गते सोमबार १०:५७