काठमाडौं, २४ असार -: नेकपा (एमाले) का उपाध्यक्ष डा. भीम बहादुर रावलले हिजो भएको अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीचको वार्ता सकारात्मक भएको स्पष्ट पारेका छन् । उनले वार्ताको प्रक्रिया जारी नै रहेको भन्दै छिट्टै...
काठमाडौं, २४ असार -: नेकपा (एमाले) का उपाध्यक्ष डा. भीम बहादुर रावलले हिजो भएको अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीचको वार्ता सकारात्मक भएको स्पष्ट पारेका छन् । उनले वार्ताको प्रक्रिया जारी नै रहेको भन्दै छिट्टै सहमति हुने विश्वास दिलाए । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले पार्टीमा माधव नेपाललाई अध्यक्ष बनाउनुपर्छ भनेर आफूहरुले प्रस्ताव तयार नपारेको पनि स्पष्ट पारे । पार्टीभित्रका सबै विवाद सहमतिमार्फत नै टुँगो लगाउने उनको भनाई छ । उनले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच लामो समयपछि हिजो भेट गरेकोले परीणाम निस्किनको लागि समय लाग्ने बताए । आज बस्ने कार्यदलको बैठकमार्फत साझा प्रस्ताव अघि ल्याउने पनि उनले जानकारी दिए ।
आफूहरु अहिले पार्टीभित्रको विवाद मिलाउनेतर्फ नै प्रयास गरेको उनले जनाए । उनले आफूहरुले कुनै स्वार्थको आधारमा विवाद मिलाउनको लागि गरिएको प्रयत्न नभएको भन्दै पार्टीलाई एकताबद्ध बनाएर लोकतन्त्रको पक्षमा क्रियाशिल हुनको लागि गरिएको प्रयास भएको बताए ।
शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनको लागि गरेको हस्ताक्षर फिर्ता हुने वा नहुने भन्नेबारे रावलले भने-“यो हस्ताक्षर त हामीले आन्दोलनको रुपमा गरेको हो । अदालतमा यो मुद्दामा सुनुवाई सकिएको छ ।उनले पार्टीको विवाद समाधान भएपछि आफूहरु एकमत भएर अघि बढ्ने बताए । उनले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनको लागि गरेको हस्ताक्षर पनि स्वतः फिर्ता हुने घोषणा गरे ।
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल-aaryavaaravi@gmail.com
फोन – ०२१-५४०२२७