खुसीको खबर,सन्तोष साह बीबीसी मास्टर सेफको टप ३ मा,

खुसीको खबर,सन्तोष साह बीबीसी मास्टर सेफको टप ३ मा,

छाँयापाटी

@छाँयापाटी

२०७७ पुस २ गते बिहिबार ०१:१५

काठमाडौं : नेपालका सेफ सन्तोष साह ‘बीबीसी मास्टर सेफ २०२०’ प्रतियोगिताको शीर्ष तीनमा पुग्न सफल भएका छन् । ‘बीबीसी वान’ मा बुधबार राति प्रसारित फाइनल राउण्डको दोस्रो चरणमा उनी अघिल्लो चरणका लागि छानिएका हुन् ‘। साहले उत्कृष्ट...

बधाई दिनुहोस

काठमाडौं : नेपालका सेफ सन्तोष साह ‘बीबीसी मास्टर सेफ २०२०’ प्रतियोगिताको शीर्ष तीनमा पुग्न सफल भएका छन् । ‘बीबीसी वान’ मा बुधबार राति प्रसारित फाइनल राउण्डको दोस्रो चरणमा उनी अघिल्लो चरणका लागि छानिएका हुन् ‘।

साहले उत्कृष्ट तीनमा पुग्नका लागि भुटेको चिउरा , भुटेको खुर्सानी र नुन, गोल्डेन पुरी, गँगटाको तरकारी, साँधेको भटमास, रायोको साग, जिम्बुले झानेको पोलेको खसीको मासु, पुदिना पराठा, क्रिस्पी प्याज बनाएका थिए ।

उनको पाककलाको निर्णयकहरुले समेत खुलेर प्रशंसा गरेका थिए’ । नेपालको सिरहाका साहले फाइनलमा पनि नेपाली खानाकै परिकार बनाउने तयारी गरेको जानकारी दिएका छन् ।प्रतियोगिताको फाइनल बिहीबार हुँदैछ ।’ अन्तिममा पुगेका तीनमध्ये एकजना सेफ मास्टर सेफ च्याम्पियन हुनेछन् । प्रतियोगिता ३२ जना सेफहरुबीच शुरु भएको थियो’ ।

प्रकाशित मिति २०७७ पुस २ गते बिहिबार ०१:१५
प्रतिक्रियाहरु