काठमाडौं -: रोल्पाकी सरला (नाम परिवर्तन) ले अपांगता भएकी आफ्नी १९ वर्षीया छोरीलाई लामो समययता परिवार नियोजनको अस्थायी साधन तीन महिने सुई लगाइदिने गरेकी छन।
द्वन्द्वकालमा शारीरिक हिंसासमेत खेपेकी सरलाका तीनमध्ये एक छोरी मानसिक...
काठमाडौं -: रोल्पाकी सरला (नाम परिवर्तन) ले अपांगता भएकी आफ्नी १९ वर्षीया छोरीलाई लामो समययता परिवार नियोजनको अस्थायी साधन तीन महिने सुई लगाइदिने गरेकी छन।
द्वन्द्वकालमा शारीरिक हिंसासमेत खेपेकी सरलाका तीनमध्ये एक छोरी मानसिक रूपले अपांगताको सिकार भएकी छन्। विपन्न परिवारकी उनी दिनभर मजदुरी गर्न गएको समयमा उमेर पुगेकी छोरी जथाभावी हि“ड्न थालेपछि सावधानी अपनाउँदै उक्त सुई रोज्नुपरेको बताउँछिन्।
खराब नियत भएका पुरुषहरूको चंगुलमा परेकी छोरीको गत साल गर्भपतन गराउनुपरेपछि सरलाले छोरीका लागि तीन महिने सुई विकल्पका रूपमा रोजेकी हुन्। ‘म दिनभर मजदुरी गर्न जान्छु।
छोरी एक्लै यताउति हिँड्छे। पोहर कुन चाहि पापीले छोरीमाथि जथाभाबी गरेछ। जसोतसो अस्पताल लगेर बच्चा फाल्नुप यो,’ उनी भन्छिन्, ‘दिशा, पिसाब र महिनावारीसमेत स्याहार्न नसक्ने छोरीलाई मन दुखाएर भए पनि तीनमहिने सुई लाइदिने गरेकी छु।’ यो खबर आजको नागरिक दैनिकमा छ ।
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल[email protected]
फोन – ०२१-५४०२२७